शीर्षकहरू

नेप्सेमा झिनो अंकको वृद्धि, ७ अर्ब १९ करोडको कारोबार

नेप्सेमा झिनो अंकको वृद्धि, ७ अर्ब १९ करोडको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से २.४७ अंकले बढेर दुई हजार ७ सय ४५ दशमलव ३६ विन्दुमा बन्द भएको हो ।           

नेप्सेमा ७ अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८९ वटाको बढेको छ भने १४२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।​​​​​​

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडकाे शेयरमूल्य ५.१९ प्रतिशतले घटेको छ भने कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३३ करोड १३ लाख बराबरको कारोबार भएको छ ।