शीर्षकहरू

बाढी पहिरोबाट भएको क्षतिको बीमा कम्पनीहरूले १७ करोड भुक्तानी गरे

बाढी पहिरोबाट भएको क्षतिको बीमा कम्पनीहरूले १७ करोड भुक्तानी गरे

काठमाडौं । बाढी पहिरोले निर्जीवन बीमा कम्पनीहरूमा परेको दाबीमध्ये १७ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बुधबारसम्ममा ६ बीमा कम्पनीहरुले ९७ वटा दाबी बापत सो रकम भुक्तानी गरेका हुन् ।

तथ्यांक अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले एउटा दाबीको करिब २४ हजार रुपैयाँ भुक्तानी गरेको छ। नेको इन्स्योरेन्सले चार वटा दाबीको ६६ हजार रुपैयाँ भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले ८९ वटा दाबीको १७ करोड २४ हजार रुपैयाँ भुक्तानी गरेको छ। 

आइजिआई प्रुडेन्सियलले एउटा दाबीको करिब ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ । सानिमा जिआईसीले एउटा दाबीको दुई लाख १६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने प्रभु इन्स्योरेन्सले एउटा दाबीको ११ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

कम्पनीहरूले भुक्तानी गरेको बीमा दाबीमध्ये ४९ वटा सम्पति बीमाको १६ करोड रुपैयाँ भुक्तानी गरेका छन्  । मोटर बीमा (नीजि) को ३५ वटा दाबीको ७८ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेका छन् । मोटर बीमा (सार्वजनिक) को ३५ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेका छन् । सामुन्द्रिक बीमाको एउटा दाबीको नौ हजार र पशुपन्छी बीमाको चार लाख रुपैयाँ भुक्तानी भएको छ । 

निर्जीवन कम्पनीहरूमा हालसम्म तीन हजार २४४ वटा पोलिसीको ८ अर्ब ९८ करोड रुपैयाँ दाबी परेको छ । जसमध्ये सम्पति बीमामा ६ अर्ब ६८ करोड, इन्जिरियरिङ्गमा एक अर्ब ८४ करोड, मोटर  (निजी) मा २३ करोड, मोटर बीमा (सार्वजनिक) मा १६ करोड ९४ लाख, सामुन्द्रिकमा दुई करोड, कृषिमा एक करोड ११ हजार, पशुपन्छीमा एक करोड र विविधमा ५४ लाख रुपैयाँको  दाबी परेको थियो ।