शीर्षकहरू

छक्का पञ्जा ५ को प्रचार गरेपछि साउदीस्थित नेपाली दूतावासको आलोचना

छक्का पञ्जा ५ को प्रचार गरेपछि साउदीस्थित नेपाली दूतावासको आलोचना

काठमाडौं । साउदी अरब रियाद स्थित नेपाली दूतावासले नेपाली चलचित्र छक्का पञ्जाको ५ को प्रचार गरेपछि सामाजिक संजालमा चर्को आलोचना भएको छ । दूतावासले आफ्नो जिम्मेवारी बिर्सेर व्यवसायीक चलचित्रको प्रचार प्रसार गरेको भन्दै आलोचना भएको हो ।

दुतवासले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजबाट चलचित्रको प्रसार प्रसार गरेको थियो । साउदी अरबमा बस्ने नेपालीहरूको लागि जानकारी भन्दै बिहीवार देखि साउदी अरबका विभिन्न सहरहरुमा नेपाली चलचित्रछक्कापन्जा ५ एकैसाथ प्रदर्शन हुने भन्दै सूचना राखेको थियो । दूतावासमा सूचनामा सम्पर्क व्यक्ति तथा चलचित्र प्रदर्शन हुने सहर र हलको नाम समेत सार्वजनिक गरेको थियो । 

साउदी रोजगारी गर्दै आएका नेपालीहरूले दूतावासले आफ्नो काम नै छाडेर आर्थिक प्रलोभनमा परी चलचित्रको प्रसार प्रसार गरेको आरोप लगाएका छन् । 

साउदीमा रोजगारी गर्दै आएका प्रेम आचार्यले नेपाली दूतावासको काम के हो फिल्मको प्रसार प्रसार गर्ने हो कि श्रमिकको बारेमा आवाज उठाउने हो भन्दै कमेन्ट गरेका छन् । एउटा व्यवसायीक फिल्मको प्रसार प्रसारमा लाग्नु दुर्भाग्य भएको उनले लेखेका छन् । 

घनश्याम थापा मगरले अलिकति पनि नैतिकता छ भने आजै राजीनामा दिएर नेपाल जानु कार्यवाहक राजदूत ज्यू लाज छैन भन्दै प्रश्न गरेका छन् । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग साउदी अरब रियाद शाखाका सभापति मनिष लामाले नेपाल सरकारको उच्च निकायका प्रमुख कार्यालयहरूले यस्तो प्रचार गर्नु गलत भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । उनले नेपाल सरकारको निकाय कार्यालय भएर नेपाल सरकारको निकाय कार्यालय भएर नेपाल सरकारबाट अनुमति पाएर प्रचार  गर्नु भएको कि आफू खुशी व्यक्तिगत प्रचार गर्नुभएको भन्दै प्रश्न गरेका छन् । 

नेपाली राजदूतावास रियादले स्वाभिमान देखाउनु भएको हो भने हामी पनि नेपाली चलचित्रलाई आफ्नो परम्परा आफ्नो संस्कार आफ्नो देशलाई धेरै माया गर्ने स्वाभिमानी नेपाली हौ उनले लेखेका छन् नेपाली चलचित्रसँग हाम्रो केही गुनासो छैन । हाम्रो परम्परा हाम्रो संस्कार हाम्रो रीतिरिवाज हामी सबैलाई माया गर्छौ । नेपालीले आफ्नो परम्परा प्रवासमा भएपनि झल्काउनुपर्छ देखाउनुपर्छ त्यो हामी सबैलाई अवगत नै छ । तर, नेपाल सरकारको निकाय भएर यसरी व्यक्तिगत चलचित्रलाई प्रचार गर्नु ठूलो भूल भएकै हो ।

राजन दाहालले राजदूतावासले यस्तो कुराको प्रचार गरेकोमा साउदी अरबका समस्त नेपाली युवा घोर विरोध गर्छ । राजदूतावासको काम फिल्म प्रसारप्रसार गर्ने होइन भन्दै कमेन्ट गरेका छन् । 

सबिना तमाङ्गले नेपाली राजदूतावास रियादका कर्मचारीले सरकारी जागीर खाएर व्यक्ति विशेषको कामलाई प्रबर्द्धन गर्नु आफैंमा निन्दनीय काम भएको सामाजिक सञ्जालमा कमेन्ट गरेकी छिन् । छक्का पन्जाको श्रमिकको हितको लागि बनाइएको चलचित्र हो र भनेर प्रश्न गरेकी छिन् । दूतावासको पेजबाट  मिस्टेकले पोस्ट भएको हो कि प्रचार प्रसार तिर लागेको हो यहाँ श्रमिक जान्न चाहन्छ भन्दै उनले पेजमा कमेन्ट गरेकी छिन् । 

लक्ष्मण गाउलीले खुशीको खबर तर राज्यको संस्था को कि होइन भन्ने पो आशंका थियो । आज पुष्टि भयो । होइन रहेछ । कहिले हिमालयन एयरलाइन्सको विज्ञापन गरेको देख्न पाइन्छ भन्दै कमेन्ट गरेका छन् । 

त्यस्तै, घनश्याम खत्रीले आवश्यकता र अनावश्यकता के कति थियो राजदूतावासले प्रस्ट पानुपर्छ । नीतिगत रुपमा दूतावासको निर्देशक कतिसम्म जायज हो भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।