शीर्षकहरू

वायुसेवा निगमले तिर्‍यो किस्ताबापत ५३ करोड ९ लाख रुपैयाँ

वायुसेवा निगमले तिर्‍यो किस्ताबापत ५३ करोड ९ लाख रुपैयाँ

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले जहाजको किस्ता तिरेको छ । नेवानिले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका चार जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको हो । 

नेवानिले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । नेवानिले किस्तावापतकाे ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो । 

दुई न्यारोबडी जहाजको २०८१ असोजको किस्ता र दुई वाइडबडीको आंशिक किस्ता असाेज ३० गते भुक्तानी गरिएकाे निगमले जनाएकाे छ । निगमले हालसम्म ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।