शीर्षकहरू

प्रभु बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

प्रभु बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ९ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता शेयर विक्रीमा राखेको हो ।

उक्त शेयर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले मात्रै किन्न पाउने गरी विक्री खुला गरिएको बैंकले जनाएको छ ।

शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजातसहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।