शीर्षकहरू

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि भिसा दिएन, अमेरिका यात्रा अनिश्चित

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि भिसा दिएन, अमेरिका यात्रा अनिश्चित

काठमाडौं ।  सन्दीप लामिछानेलाई अमेरिकाले फेरि भिसा दिनबाट रोकेको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य समेत रहेका लामिछानेको अमेरिका यात्रा अनिश्चित बनेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतवासले भिसा नदिएपछि उनको अमेरिका यात्रा अनिश्चित बनेको हो।

नेपाली टोलीले शुक्रबारदेखि आयोजक अमेरिका र स्कटल्यान्डसहितको त्रीदेशीय टी–२० शृंखला खेल्दैछ। तर, अमेरिकामा हुने लिगका २ का खेलहरू महत्त्वपूर्ण रहेको छ। तर, राष्ट्रिय टोलीका मुख्य लेग स्पिन लामिछानेले भिसाका कारण प्रतियोगिता गुमाउने परिस्थित बनेको छ।

अमेरिकी दूतावासले भिसा होल्ड गरेपछि क्रिकेट लामिछानेले भने दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा नियन्त्रणभन्दा बाहिरको परिस्थिति सिर्जना भएको उल्लेख गरेका छन्। भिसा नपाएकै कारण लामिछाने क्यानडाबाट नेपाल फर्किएका थिए।