शीर्षकहरू

एनआईसी एशिया बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासनका लागि निवेदन दिए

एनआईसी एशिया बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासनका लागि निवेदन दिए

काठमाडौं । एनआईसी एशिया बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् । एनआईसी एशिया बैंकले ५० लाख कित्ता र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि निवेदन दिएका हुन् ।

एनआईसी एशियाले कुल कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि र ३० लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न निवेदन दिएको हो । बैंकले आगामी १० वर्षको लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कुल कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न निवेदन दिएको हो । बैंकले आगामी १० वर्षको लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।