शीर्षकहरू

डलर सटहीसम्बन्धी निर्देशिका संशोधन, विमान स्थल भन्सारबाट एक लाख डलरसम्मको आयात सुविधा

डलर सटहीसम्बन्धी निर्देशिका संशोधन, विमान स्थल भन्सारबाट एक लाख डलरसम्मको आयात सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा डलर सटहीसम्बन्धी निर्देशिका संशोधन गर्दै एक लाख डलरसम्मको सामान आयात गर्न सकिने व्यवस्था गरेको छ । आज राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार  हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्कालैविदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर एक लाख मूल्य सम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था गरेको हो ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया जानेको हकमाः अधिकतम अमेरिकी डलर ५०० सटही सुविधा दिने ब्यवस्था समेत गरेको छ । साथै अन्य मुलुक जानेको हकमाः अधिकतम अमेरिकी डलर २०० मात्र सटही सुविधा पाउने व्यवस्था गरेको छ ।