शीर्षकहरू

बीपी राजमार्ग आजदेखि दैनिक १० घण्टा बन्द हुने

बीपी राजमार्ग आजदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षापछिको बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किमी भन्दा बढी लम्बाईको सडक पूर्ण रूपमा बगाएकोले हाल ट्र्याक निर्माण गरी यात्रुवाहक सवारी साधनको लागि मात्र आवागमन खुलाइएको छ । सडक डिभिजन भक्तपुरले एक सूचना जारी गर्दै जुनसुकै समयमा पनि उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकाले हाललाई बेलुका ६:०० बजेदेखि विहानको ४:०० बजेसम्म बीपी राजमार्ग (धुलिखेल भकुण्डेवेसी बर्षेखोला सडक खण्ड) बन्द रहने जनाएको छ ।

काभ्रे जिल्ला अन्तर्गत क्षतविक्षत रहेको भकुण्डेवेसी चौकिडाँडादेखि वर्षेखोला सम्मको सडक खण्डहरुमा ट्र्याक निर्माण भए पनि हाल ट्र्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेको छ ।