शीर्षकहरू

सिटिजन्स बैंकका ग्राहकलाई एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ ।समझदारीअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५ प्रतिशतसम्मको छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास आफूहरूले लिएको बैंकले जनाएको छ ।