शीर्षकहरू

२७४२.८८ बिन्दुमा पुग्यो नेप्से, कारोबार रकम पनि बढ्यो

२७४२.८८ बिन्दुमा पुग्यो नेप्से, कारोबार रकम पनि बढ्यो

काठमाडौं । दशैँपछि खुलेको शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । मंगलबार ३१.४८ अंकले बढेर दुई हजार ६९९.६६ बिन्दुमा पुगेको शेयर बजार आज ४३.२२ बिन्दुले बढेर दुई हजार ७४२.८८ बिन्दुमा पुगेको छ ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि उकालो लागेको छ । मंगलबार तीन अर्ब ६ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज ५ अर्ब ६६ करोड रुपैयाँको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज चारवटै सूचकसहित १३ वटै उपसमूहको शेयर बढेको छ । यसदिन विजय लघुवित्तको शेयर सर्वाधिक ९.३३ प्रतिशतले र त्यसपछि इस्टर्न हाइड्रोपावरको ९.२४ प्रतिशतले बढेको छ ।

उपर स्याङ्गे हाइड्रपावरका लगानीकर्ताले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।