शीर्षकहरू

ठूलो संख्यामा  कर्मचारीको बढुवा आवेदन खुला

ठूलो संख्यामा  कर्मचारीको बढुवा आवेदन खुला

काठमाडौं । ठूलो संख्यामा सरकारी कर्मचारीको बढुवाको आवेदन खुला भएको छ । लोकसेवा आयोगले एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिवसहितका पदमा खुला र बढुवाको दरखास्त खुलाएको छ ।

बुधबार आयोगले जारी गरेको सूचना अनुसार निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवाका कर्मचारीहरु रहेका छन् । त्यस्तै स्वास्थ्यसेवा तर्फ पनि सहसचिव तथा उपसचिवसहित सो श्रेणीका कर्मचारीका लागि आवेदन मागेको छ ।