शीर्षकहरू

हिमालयन उर्जा विकास कम्पनीको अवितरित हकप्रद शेयर बाँडफाँट, आजदेखि रकम फिर्ता

हिमालयन उर्जा विकास कम्पनीको अवितरित हकप्रद शेयर बाँडफाँट, आजदेखि रकम फिर्ता

काठमाडौं ।  हिमालय उर्जा विकास कम्पनी लिमिटेडको अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले गत असोज ७ देखि १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र मार्फत शेयर बिक्री खुलाएको थियो । सो अवधिभित्र परेका बोलपत्रहरू असोज २९ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो ।

बाँडफाँटको अन्तिम मूल्य १७१ रुपैयाँ कायम भएको कम्पनीले बताएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

साथै शेयर बाँडफाँटमा नपरेकाहरूको रकम आज असोज ३० गतेदेखि आवेदकले फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।