शीर्षकहरू

अधिकांश वाणिज्य बैंकले कात्तिक महिनामा पनि ब्याजदर घटाए

अधिकांश वाणिज्य बैंकले कात्तिक महिनामा पनि ब्याजदर घटाए

काठमाडौं । बाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज सार्वजनिक गरेको ब्याजदरमा अधिकांश बैकले ब्याजदर घटाएका छन् । नबिल बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ ।  बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ ब्याजदर प्रदान गर्नेछ । 

असोजमा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर रहेकोे थियो । साथै बैंकले कात्तिकमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । 

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदरअनुसार व्यक्तिगततर्फ ५.८० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिनेछ । 

यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज तोकेको थियो । त्यसैगरी साधारण बचतमा बैंकले न्यूनतम ३ देखि अधिकतम ३.१० प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी बैंकका विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ र संस्थागतर्फ ५.९९ प्रतिशत ब्याजदर बनाएको छ ।

असोजमा बैंकको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्याज दिएको थियो । 

त्यस्तै, बैंकले कात्तिकका लागि साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि ५.२७ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छैन । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी विभिन्न खाताको अधिल्लो महिना कै ब्याजदर सार्वजनिक गरेको छ । 
बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज दिएको थियो । 

त्यस्तै, साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ भने ग्लोबल रेमिट बचत खातामा भने ४.५० प्रतिशत ब्याज प्रदान गर्नेछ ।

प्रभु बैंक लिमिटेडले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर दिनेछ । भदौ र असोजमा यही ब्याजदर कायम थियो । त्यस्तै, बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काक्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ ।  कात्तिक १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र ५.२५ प्रतिशत ब्याज दिने भएको छ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो । 

एभरेष्ट बैंकले पनि कात्तिकका लागि ब्याजदर सार्वनिक गरेको छ । बैंकले गत महिनाकै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत यथावत रहेको छ । बैंकले कात्तिकमा साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

त्यस्तै, कृषि विकास बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फको ब्याजदर घटाएको हो ।
बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । 

यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ अधिकतम ६.०७२२ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो । 

त्यस्तै, सानिमा बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर दिएको थियो ।

बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३.०४ प्रतिशतदेखि अधिकतम ५.०४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यस्तै, बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.२६  प्रतिशत ब्याजदर दिने सूचनामा उल्लेख छ । 

त्यस्तै, सिद्धार्थ बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिने सूचनामा उल्लेख छ ।

असोजमा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत  ब्याजदर तोकेको थियो  । 
त्यसैगरी, बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.२५ प्रतिशत ब्याजदर तोकेको छ ।  असोजमा ७.९३ प्रतिशत रहेको आधारदर ७.७४ भएको छ ।

एनएमबि बैंकले पनि कात्तिक महिनाका लागि असोज महिनाकै ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिकमा निक्षेपकर्तालाई मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याज दिनेछ । 
त्यस्तै, साधारण बचतमा बैंकले असोजकै ब्याजदरलाई कात्तिकमा पनि निरन्तरता दिएको छ । बैंकले न्यूनतम ३.०२ प्रतिशतदेखि अधिकतम ४.५२ प्रतिशत ब्याजदर तोकेको छ ।  
 

कुमारी बैंकले पनि कात्तिकमा नयाँ ब्याजदर कायम गरेको छैन । बैंकले गत महिनाकै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशतलाई काक्तिकमा पनि यथावत राखेको छ । साधारण बचत खातामा ४.५१ प्रतिशत ब्याज दिनेछ । 

सिटिजन्स बैंकले कात्तिक महिनाका लागि ब्याजदर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर बनाएको छ । यसअघि बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा ब्याजदर परिवर्तन गरेको छ । कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ, जसमा ५ महिनापछि मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।


बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत प्रतिशत ब्याज दिएको थियो । असारदेखि असोजसम्म सोही ब्याजदर तोकिएको थियो । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.५ प्रतिशत ब्याजदर तोकेको छ ।