शीर्षकहरू

एलआइसीको शेयर दर्ता पुस्तिका बन्द

एलआइसीको शेयर दर्ता पुस्तिका बन्द

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल)ले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । कम्पनीले कात्तिक ९ गते एक दिनको लागि शेयर दाखिल खारेज बन्द गर्ने जानकारी गराएको छ ।

कम्पनीले दुई करोड ३४ लाख ६८ हजार कित्ता साधारण शेयर हकप्रद मार्फत साविक शेयरधनीहरुका लागि निष्कासन गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डले गत असोज १४ गते कम्पनीलाई हकप्रद शेयर जारी अनुमति दिएको थियो ।