शीर्षकहरू

दुई महिनामा ४ अर्ब २६ करोड बराबरको शेयर सूचीकृत

दुई महिनामा ४ अर्ब २६ करोड बराबरको शेयर सूचीकृत

काठमाडौं ।  चालू आर्थिक वर्षको भदौ महिनासम्ममा टद्ध। आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा २ अर्ब ५४ करोड रुपैयाँ बराबरको बोनस शेयर, १ अर्ब ७२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ४७ लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल ४ अर्ब २६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छ । 

केन्द्रीय बैंकले आज जारी गरेको प्रतिवेदनका अनुसार २०८१ भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४१०३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । २०८० भदौ मसान्तमा बजार पुँजीकरण २९६१ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, २०८१ भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७
पुगेको छ । 

सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य
समूहका रहेका छन्। २०८० भदौमा सूचीकृत कम्पनीहरूको संख्या २५५ रहेको थियो ।

 सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ ।


टघ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ भदौ मसान्तमा सूचीकृत ८ अर्ब ३५ करोड शेयरको चुक्ता मूल्य रु.८२८ अर्ब २४ करोड रहेको छ ।