शीर्षकहरू

नेपाली क्रिकेट क्लवमा धमाधम विदेशी प्रशिक्षक भित्रिदै

नेपाली क्रिकेट क्लवमा धमाधम विदेशी प्रशिक्षक भित्रिदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० फ्रेञ्चाइज क्रिकेट खेलमा घरेलु क्रिकेट क्लबहरुले धमाधम विदेशी प्रशिक्षक भित्र्याउन थालेका छन्। जनकपुर बोल्ट्सले नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेलाई प्रशिक्षक नियुक्त गरेको छ। यसअघि उनी क्यानडाको प्रशिक्षक थिए।

त्यस्तै, प्रिमियर लिगको टोली पोखरा एभेन्जर्सले भारतीय क्रिकेटर राजीव कुमारलाई प्रशिक्षक बनाएको छ । त्यस्तै,  सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टर नियुक्त गरेको छ। पूर्वस्पिनर हगले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलेका थिए। सुदूरपश्चिमको प्रशिक्षकको भूमिकामा जगत टमाटा नियुक्त भएका छन।

विराटनगर किंग्सले आयरल्यान्डका पूर्वक्रिकेटर केबिन ओुब्राइनलाई प्रमुख प्रशिक्षकका रुपमा नियुक्त गरेको छ। एनपिएल आगामी १५ मंसिरदेखि ६ पुससम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।