शीर्षकहरू

नेपाल हाइड्रो डेभलोपरले माथिल्लो जलविद्युत आयोजनामा लगानी गर्ने

नेपाल हाइड्रो डेभलोपरले माथिल्लो जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । नेपाल हाइड्रो  पावर लिमिटेडले २६ मेगावाट क्षमताको माथिल्लो जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुपर खुदी हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनामा १० करोड रुपैयाँ बराबरको शेयरमा लगानी गर्ने निर्णय गरेको हो ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा उल्लेखित रकम बराबरको शेयरमा लगानी गर्ने निर्णय गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो ।