शीर्षकहरू

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु


काठमाडौं । सुनसरी, दुहबी नगरपालिका-८ जुटमिलस्थित सडकमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प १७७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-३ बस्ने ५८ वर्षीया डुकमाया सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१३ स्थित सडकमा सुपप्र०१-००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रूपन्देही, गैडहवा गाउँपालिका-३ केयौटलियास्थित सडकमा लु३१ प १७७२ नम्बरको मोटरसाइकल र लु ४ प ९५१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा लु ४ प ९५१ नम्बरको मोटरसाइकल चालक लुम्बिनी सांस्कृतिक नगरपालिका-८ बरउलि बस्ने ४५ वर्षीय नरसिंह चमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु ३१ प १७७२ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ । 

झापा, कमल गाउँपालिका-४ अमलडाँगीस्थित सडकमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को२७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका-८ बस्ने ३३ वर्षीय अनिल कुमार लिम्बु र २० वर्षीय सोमराज लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी झापा, मेचिनगर नगरपालिका-७ स्थित सडकमा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-०१७ प ७४४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बिगेन राजवंशीको आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

बारा, जितपुर सिमरा उपमहानगरपालिका-४ औराहा चोक नजिकै ना ७ त २९८४ नम्बरको ट्याक्टर र ना ३९ प ७९१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका-१ सुकुम्बासी टोल बस्ने ३० वर्षीय रविन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

मोरङ, बुढिगंगा गाउँपालिका-५ पोठिया चोकस्थित सडकमा कोयलपुरबाट नेमुवातर्फ जाँदै गरेको प्र-१-०२-०५० प ५०९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुढिगंगा गाउँपालिका-२ अमाही बस्ने १६ वर्षीय आयुस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

बाँके, कोहलपुर नगरपालिका-९ कौशिल्या हस्पिटल अगाडि कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे११ प ६९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका सल्यानी टोल बस्ने ६७ वर्षीय रूद्र बहादुर घर्ती मगरको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सिराहा, बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टी चोकमा झाझपट्टीबाट सिराहातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सरोज साफीको छोरी ३ वर्षीया गंगा कुमारी साफीको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ ।