शीर्षकहरू

लिन्च स्टक मार्केटले पूँजी बृद्धि गर्ने,कात्तिक १४ गते साधारण सभा

लिन्च स्टक मार्केटले पूँजी बृद्धि गर्ने,कात्तिक १४ गते साधारण सभा

काठमाडौं । ४१ नम्बर धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) ले पूँजी बृद्धि गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा आव्हान गरेको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा दिउसो २ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको हाल कायम जारी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । 

पछिल्लो समय पूँजीका आधारमा तीन किसिमका ब्रोकर व्यवसायी सञ्चालन हुने व्यवस्था रहेको छ । पूँजीका आधारमा लगानीकर्तालाई सेवा प्रदान गर्नुपर्ने अवस्थामा यस कम्पनीले पूँजी बृद्धिलाई प्राथमिकतामा राखेको हो । हाल कम्पनीले २० करोड चुक्तापूँजीका आधारमा दिने सिमित कार्यको ब्रोकर सेवा प्रदान गर्दै आएको छ । 

पूँजी बृद्धिका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने भएकाले सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । बोनस शेयर र नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीले कति प्रतिशत भन्ने वारे सूचनामा जानकारी दिएको छैन् ।