शीर्षकहरू

दसैंकाबीच तीन कम्पनीले विक्रीमा ल्याए ७ लाख ३८ हजारभन्दा बढी कित्ता शेयर

दसैंकाबीच तीन कम्पनीले विक्रीमा ल्याए ७ लाख ३८ हजारभन्दा बढी कित्ता शेयर

काठमाडौं । दशैकाबीच दुई बीमा कम्पनी सहित तीन कम्पनीले ७ लाख ३८ हजार ४५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ लाख ४४ हजार कित्ता, युनाइटेड अजोड इन्स्योरेन्सले ३ लाख ७४ हजार ४५ कित्ता र समता घरेलु लघुवित्तले २० हजार कित्ता सस्थापक शेयर विक्रीमा ल्याएका हुन । असोज २४ गते ३५ दिने सूचना जारी गर्दै यी कम्पनीले इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन पेश गर्न सक्ने जानकारी दिएका हुन । 

यी तीन कम्पनीहरुमध्ये युनाइटेड अजोड इन्स्योरेन्सले शेयरको मुल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ । अन्य कम्पनीले भने विक्रेताले तोके बमोजिम शेयरमूल्य कायम हुने बताएका छन् ।

तोकिएको अवधिभित्र समता घरेलु लघुवित्त वित्ती संस्था लिमिटेडको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर खरीदका लागि केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । युनाइटेड अजोड इन्स्योरेन्सले भने न्यूनतम ५ हजार कित्ता माग गर्दै आवेदन दिनुपर्ने व्यवस्था गरेको छ । तोकिएको अवधिभित्र यी तीन कम्पनीका उल्लेखित कित्ता शेयर खरीद गर्न विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री प्रक्रिया अघि बढाइनेछ ।