शीर्षकहरू

टाटाका नयाँ उत्तराधिकारी नोएल टाटा को हुन ? अन्य परिवारमा को छन् ?

टाटाका नयाँ उत्तराधिकारी नोएल टाटा को हुन ? अन्य परिवारमा को छन् ?

एजेन्सी । रतन टाटाको निधनपछि उनका सौतेनी भाइ नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्षमा नियुक्त भएका छन् । नोएल टाटा ६७ वर्षका भइसकेका छन् र अब उनी टाटा ट्रस्ट अन्तर्गतका दुई ठूला परोपकारी संस्था सर रतनजी टाटा ट्रस्ट र सर दोराबजी टाटा ट्रस्टको प्रमुख पनि हुनेछन्। नोएल यी ट्रस्टहरूमा ट्रस्टीको रूपमा संलग्न थिए। यद्यपि, शुक्रबार मुम्बईमा भएको बैठकमा नोएल टाटालाई सर्वसम्मतिले टाटा ट्रस्टको अध्यक्षमा नियुक्त गरिएको थियो।

यद्यपि, टाटा ट्रस्टका नयाँ अध्यक्ष वा रतन टाटाका उत्तराधिकारी नोएल टाटाको बारेमा धेरैलाई थाहा छैन। नोएल टाटा रतन टाटाका पिता नवल टाटाका उनकी दोस्रो पत्नी सिमोना दुनोयरका छोरा हुन्। यसको मतलब उनी रतन टाटाका सौतेनी भाइ हुन । एक रिपोर्टका अनुसार नोएल टाटा टाटा इन्टरनेशनल लिमिटेड, भोल्टास लिमिटेड, टाटा इन्भेष्टमेन्ट कर्पोरेशन लिमिटेडका अध्यक्ष हुन । यस बाहेक उनी टाटा स्टिल र टाइटन कम्पनीका उपाध्यक्ष पनि हुन् ।

ट्रेन्ट लिमिटेडको प्रबन्ध निर्देशकको रूपमा ११ वर्ष काम गर्दा उनले ट्रेन्टलाई नयाँ हैसियत दिए। २०१० र २०२१को बीचमा कम्पनीको राजस्व ५०० मिलियनबाट ३ बिलियनभन्दा बढिमा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। सन् १९९८ मा ट्रेन्ट लिमिटेड कम्पनीको एउटा मात्र खुद्रा स्टोर थियो। नोएल टाटाको जन्म सन् १९५७ मा नेभल टाटा र साइमन टाटाको घरमा भएको थियो। कम्पनीको एक्सचेन्ज फाइलिङका अनुसार नोएल टाटाले युकेको युनिभर्सिटी अफ ससेक्सबाट स्नातक गरेका छन् । 

नोएल टाटाका तीन सन्तानमा माया, नोभिल र लेआ, नोएल टाटाका छोरा नेभिल टाटा सन् २०१६ मा ट्रेन्टमा सामेल भएका थिए । स्टार बजारको प्रमुखको रूपमा पदभार ग्रहण गरे। ३९ वर्षीया लिआ टाटाले हालै इन्डियन होटल्सको गेटवे ब्रान्डको जिम्मेवारी सम्हाल्दै आएकी छन् । जबकि ३६ वर्षीया माया टाटा डिजिटल क्षेत्रमा महत्वपूर्ण स्थानमा छिन् । मिडिया रिपोर्टका अनुसार नोएल टाटाको कुल सम्पत्ति १.५ बिलियन डलर छ।