शीर्षकहरू

गोसाईकुण्ड डायरीः न स्कुल न स्वास्थ चौकी न त बैक

गोसाईकुण्ड डायरीः न स्कुल न स्वास्थ चौकी न त बैक

दशैंको पूवार्धमा भाई विनोदसंग काठमाण्डौदेखि गोसाईकुण्डसम्मको पदयात्रा गर्ने अवसर जु¥यो । गोसाईकुण्ड पदयात्राको लागी कुनै नयॉ गन्तब्य होइन । पर्यटकिय हिसावले मात्र होइन धार्मिक हिसावले पनि गोसाईकुण्ड प्रख्यात छ । रसुवा जिल्लामा पर्ने गोसाइकुण्ड समुन्द्री सतहदेखि ३८५० मिटर उचाईमा अवस्थित छ । 

गोसाईकुण्ड र गोसाइकुण्ड यात्राका विषयमा अनेक लेख लेखिएको र अनेक दृष्याण्कन गरिए होलान् तथापि यस लेख मार्फत गोसाइकुण्डको सुन्दरता संगै ओझेल परेका विषय उजागर गर्न खोजेको छु । सडकको अवस्था : काठमाण्डौबाट गोसाईकुण्ड जॉदा धुन्जे सम्म मोटरमा जान सकिन्छ । काठमाडौबाट धादिङको गल्छी हुदै धुन्चे जाने सडकको दुरी लगभग १०० किलोमिटर छ । गल्छी सम्मको पृथ्वी राजमार्गको विस्तारको कामले ठाउ ठाउमा सडकको अवस्था राम्रो छैन । उवदखावद सडक अनि धुलोले यात्रा कठिन छ । गल्छीदेखि धन्चेसम्मको सडक तुलनात्मक रुपमा राम्रो भएपनि ठाउ ठाउमा विग्रिएको र बनाउने पहल पनि नभएको देखिन्छ । दुरी सय किलोमिटर भएपनि समय सात आठ घण्टा लाग्छ । 

धुन्चेबाट पदयात्रा शुरु हुन्छ । अधिकांश बाटो उकालो पर्दछ । केही ठाउ‘हरुमा सिमेन्ट प्रयोग गरेर सिंढी बनाएको र फलामको पाइपको रेलि¨ बनाइएको छ । सामान ढुवानीको लागी खच्चड हिड्ने भएर हो कि सडक हिड्नको लागी सहज छैन । हिड्दा स्थानिय निकायको वजेट केमा खर्च हुन्छ होला भन्ने मनमा प्रश्न उठ्छ । 

न स्कुल न स्वास्थ चौकी न त बैक : वास बस्ने होटल लगायत बाटोमा भेटिएका बालवालिकालाई जिज्ञासा राख्दा धुन्चेदेखि माथि गोसाइकुण्डसम्म कुनै पनि विद्यालय रहेनछ । यो उदेक लाग्दो विषय हो । कमसेकम उपयुक्त स्थान चयन गरेर एउटा प्राथमिक तहको विद्यालय भएपनि सरकारले चलाउन पदथ्र्यो तर कुनै स्कुल नै नहुनु दुःखद विषय हो । पढ्न पढाउनका लागी नजिकको गन्तब्य भनेको नै धुन्चे हो । 

स्वास्थ्यको मामलामा पनि त्यस्तै नाजुक अवस्था देखियो । यति धेरै पदयात्री जाने र स्थानिय वासी भएको ठाउ‘ धुन्चे कटेपछि गोसाईकुण्ड सम्म कुनै पनि स्थास्थ्य चौकि देखिएन । सरकारले नवनाएको हो कि स्थानियले पहल नै नगरेको बुझ्न सकिएन । कहिं कतैं कुनै बैंकको शाखा, काउण्टर पनि देखिएन । वित्तीय साक्षरताको भाषण गर्नेहरुले यस्तो ठाउ‘मा सानो एउटा शाखा खोलिदिए हुने । 

चिजको कुरा : पदयात्राको विचमा पर्ने चण्डनवारी भन्ने स्थानमा चिजको कारखाना छ । बाटैमा पर्ने भएकोले हेर्न गए । त्यहॉ काम गर्ने कर्मचारीलाई चिज कहॉ बन्छ भनी सोध्दा २ घण्टा परको  ज¨लमा बन्छ भने । उनको नाकमा सिंगान अड्किराखेको थियो । हाट धोएर आउनुस भने, तर सरसफाई हेर्दा चिज किन्ने हिम्मत आएन । दुग्ध विकास संस्थानको स्वामित्वमा रहेको उक्त चिज उत्पादन केन्द्र समुन्द्री सतहबाट ३२५० मिटर माथि रहेको छ ।

२०२६ सालमा स्थापना गरिएको उक्त चिज कारखानाको भवन धेरै पुरानो देखिन्छ भने चिज भण्डारण गर्ने कोठा पनि जिर्ण जस्तै देखिन्छ । दुग्ध विकास संस्थानले उत्पादन गरेको याक चिज खॉदा जति मिठो छ, सरसफाइको मामलामा त्यत्तिनै कमजोर भएको प्रत्यक्ष देख्न पाईयो । 

दाउरा कुहिले ग्यॉस वाल्ने : लामटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्दछ गोसाइकुण्ड क्षेत्र । हराभरा ज¨लले ढाकिएको छ यो क्षेत्र । सेनाको सुरक्षामा रहेको यो क्षेत्रमा आउ‘दा जॉदा मोटरबाट झरेर झोला बोकि झोला जॉच गर्ने कक्ष सम्म झोला बोकेर जानु पर्ने हुन्छ । जॉदा नेपाली नागरिकलाई रु १००।– शुल्क लाग्ने रहेछ । 

बाटोमा अनेक रुखहरु ढलेर मक्कीएको पनि देखियो । गोसाईकुण्ड संगैको होटलमा बास वस्दा खाना ग्यॉस तथा मट्टिटेलमा पकाईदो रहेछ । ग्यास‘लाई खच्चडबाट बोकाएर लगिंदो रहेछ । जुन ठाउ‘मा रुख ढलेर सडिरहेको छ, त्यो दाउराको रुपमा स्थानियले प्रयोग गर्न नपाउने, नभएको ग्यॉसलाई अधिक खर्च गरेर खच्चडबाट बोकाएर लगेर खाना खानु पर्ने यो निकुञ्चको निति होकि सरकारी निति बुझ्न सकिएन । 

खोइ रेडियो नेपाल ? : गोसाईकुण्डमा अरु एफ एमको त के कुरा गर्नु रेडियो नेपाल पनि सुनिंदैन । बरु बाटोमा भारतको गोरखपुर स्टेशनको आकाशवाणी , सिटी एफ.एम भने मज्जाले सुनिन्छ । यो अवस्था देख्दा रेडियो नेपालका हाकिमहरुले यतिका बर्ष सम्म मज्जाले जागिर खाएको देखिन्छ । 

कमाई खाने भॉडो भारैछ गोसाईकुण्ड : एक रातको बास गोसाइकुण्डमै भएकोले गोसाइकुण्डको केही बास्तविक अवस्था वारे अवगत भयो । निकुञ्च क्षेत्र भएकोले जे जति होटलहरु संचालित छन् निकुञ्चबाट स्वीकृती लिई संचालित रहेछन् जसबाट होटेलहरुले निश्चित रकम तिर्नु पर्ने रहेछ । रक्षावन्धनको दिन गोसाईकुण्डमा ठूलो मेला लाग्छ । हजारौं दर्शनाथीहरुको भिड हुने यो मेला त्यो क्षेत्रमा राम्रो ब्यवसाय हुने गर्दछ । त्यहॉ पनि होटल समिति, मन्दिर समिति, कुण्ड समिति नामका अनेक समितिहरु रहेछन् । जसको मुख्य उद्देश्य भनेको अनेक बहानामा पैसा उठाउने रहेछ । मेला अवधिभर ठाउ‘ ठाउ‘ (खर्क) मा होटल खोलिने रहेछ , जस मध्य प्रत्यक खर्कबाट एक हजार चारसयका दरले पैसा उठाइदो रहेछ । 

गोसाईकुण्ड र कुण्ड परिसरमा रहेको मन्दिरहरुमा भक्तजनहरुले चढाउने भेटी पैसा जति सवै कुण्ड समितिका अध्यक्षले लिने रहेछन् जसलाई जम्मा गर्न उनले केटाहरु खटाउ‘दा रहेछन् । अध्यक्ष भएका ब्यक्ति गोसाइकुण्डमा नवस्ने र धुन्चेबाट सवै काम गर्ने रहेछन् भन्ने बुझियो । 

फोहरको महायात्रामा गोसाईकुण्ड ः अनेक समितिहरु र ब्यवसायीहरुलाई कमाउने मात्र ध्यान छ । रक्षावन्धनको मेला लगत्तै गएकोले होला कुण्ड बरिपरी फोहरको डुंगुर छ । विगत बर्षमा सवै मिलेर मेला पछि सफा गरिएको थियो रे तर यस बर्ष कसैले पहल नगरेको बुझिनमा आयो । कपडा, रक्सी वियरको बोटल, खानेकुराको फोहरले गोसाईकुण्डको तत घेरिएको देख्दा मन अमिलो भयो । 

धुन्चे भन्दा माथि गोसाइकुण्ड सम्म एउटा प्रहरी चौकि पनि छैन । चोलाङपाटी भन्ने ठाउ‘मा लाङटाङ राष्ट्रिय निकुञ्च कार्यालयको चोलाङपाटी पोष्ट रहेछ जहॉ आगन्तुकहरुले शुल्क तिरे नतिरेको सोधखोज गरिंदो रहेछ । यसमा पदयात्रीहरुको अभिलेख पनि राख्नुपर्ने हो । रजिष्टर भएता पनि त्यहॉका कर्मचारीले लेख्न नचाहने रहेछन् । मैले ल्याउनुस म आफै लेख्छु भन्दा पनि दिएनन् ।

कार्यालयको शौचालय प्रयोग गर्दा समेत त्यहॉका कर्मचारीले आपत्ति जनाए । जुन उद्देश्यका साथ यो पोष्ट स्थापना गरियो त्यो उद्देश्यका साथ त्यहॉका कर्मचारीले काम गर्ने होइन कि स्थानिय र आगन्तुकलाई अलि रवाफ देखाउन खोज्ने पाराका रहेछन् । उनले यो शौचालय मेरो ब्यक्तिगत हो भने मैले यो सरकारी सम्पत्ति हो तिम्रो अनुमति लिनु पदैन भने । निकुञ्चका कर्मचारी भएकाले स्थनिय होटल ब्यवसायीलाई पनि यिनले अलि रवाफीलो ब्यवहार गर्न खोज्दा रहेछन् । 

चाहे लाङटाङ उपत्यका होस् , गोसाईकुण्ड वा अन्नपुर्ण आधार शिविर नै ब्यवसायमा स्थानियकै रजगज छ । उनीहरुलाई अरुलाई ब्यवसाय गर्न दिंदैनन्, उनीहरुकै सिण्डीकेट छ ब्यवसायमा भने जति पैसा तिर्नुपर्ने वाध्यता छ यात्रुलाई । राज्यको उपस्थिति दरिलो देखिंदैन । प्राकृतिक रुपमा सुन्दर गोसाइकुण्डको सुन्दरता वरकरार राख्न जव सम्म सरकारले प्रभावकारी पहल गदैन यो सुन्दरता सधैं रहनेमा विवाद नरहला ।