शीर्षकहरू

१५ प्रतिशत लाभांश वितरण गर्न स्वावलम्बन लघुवित्तले पायो राष्ट्र बैंकको अनुमति

१५ प्रतिशत लाभांश वितरण गर्न स्वावलम्बन लघुवित्तले पायो राष्ट्र बैंकको अनुमति

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल १५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकको अनुमति पाएको छ । असोज १२ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले असोज २२ गते कम्पनीलाई लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभाबाट पारित गराउन अनुमति दिएको हो ।

 हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकले कुल १५ प्रतिशत लाभांश वितरणका लागि कम्पनीलाई बाटो खुला गरिदिएको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश दिन लागेको हो । गत वर्ष कम्पनीले १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।