शीर्षकहरू

सानिमा बैंकले प्रस्ताव ग¥यो ५.२५ प्रतिशत लाभांश

सानिमा बैंकले प्रस्ताव ग¥यो ५.२५ प्रतिशत लाभांश

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ७१ करोड ४८ लाख २२ हजार रुपैयाँ बराबर कर समेत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । यस वर्ष कम्पनीले ११ वर्षपछिकै कम लाभांश वितरण गर्न लागेको हो । यस अघि आर्थिक वर्ष ६७÷६८ मा ६ दशमलव ५ प्रतिशत र ०६८÷६९ मा ५ दशमलव ५ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो ।

 त्यसपछिका वर्ष कम्पनीले १० प्रतिशतभन्दा बढीनै लाभांश वितरण गरेको देखिन्छ । गत वर्ष कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयाजनका लागि ५ दशमलव ७ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।