शीर्षकहरू

बालबालिकाको बचत रकम यी बालबालिका लागि बीमा योजनामा लगानी गरौं

बालबालिकाको बचत रकम यी बालबालिका लागि बीमा योजनामा लगानी गरौं

काठमाडौं । नेपालीहरूको महान् पर्व विजयादशमी, तिहार र छठ सुरु हुँदैछ । यी पर्वहरू धार्मिक, सामाजिक र साँस्कृतिक दृष्टिकोणले नेपालीका लागि उत्तिकै महत्वपूर्ण छन् । चाडपर्वमा परिवारसँग भेटघाट गर्ने, मिठामिठा परिकार बनाएर खुवाउने र खाने प्रचलन छ । विशेष गरी चाडपर्व बालबालिकाहरूका लागि महत्वपूर्ण हुन्छ । दसंैमा पिङ खेल्ने, नयाँ कपडा लगाउने, मान्यजनको हातबाट टीका लगाएर दक्षिण पाउने कुराले चाडपर्व बालबालिका लागि बढी चाखलाग्दो हुन्छ । त्यस्तै, तिहारमा देउसी–भैलो खेल्ने र दाजुभाइले दिदीबहिनीको हातबाट टिका लगाएर उपहार आदान प्रदान गर्ने गरिन्छ । 

दसैं–तिहारमा टीका लगाएर, देउसी–भैलो खेलेर वा दाजुभाइबाट दिदीबहिनीलाई दक्षिणा दिने नेपाली परम्परा छ । त्यसैले यतिबेला जम्मा भएको पैसाले के गर्ने भनेर धेरै बालबालिकाले आफनै खालका योजना बनाउँदै होलान् । अधिकांश बालबालिकाले यतिबेला संकलन भएको रकम खानेकुरा वा लगाउने कुरामा खर्च गर्छन् । कति अभिभावकलाई त छोराछोरीले कहाँ खर्च गरे भन्ने पनि थाहा हुँदैन । अभिभावक सचेत नहुँदा चाडपर्वमा संकलन रकम खाएर र लगाएर नै  सकिन्छ । त्यसैले यसको उचित प्रयोग लागि बीमा पोलिस खरिद गर्नु अति उपयुक्त हुन्छ । 

बीमा सुरक्षा पनि हो र फोर्स सेभिङ पनि हो ।  बैंक भएको रकम हामीलाई आवश्यक प¥यो भने हामी निकालेर खर्च गर्न सक्छौ । तर, बीमा गरे पछि हामी बाध्य भएर प्रतिवर्ष रकम जम्मा गर्दै जान्छांै । त्यसैले चार्डपर्वमा रकम जम्मा गरी बालबालिकालाई आफनै पैसाबाट बीमा पोलिसी खरिद गर्न प्रेरित गरौ । एक पटक पोलिसी खरिद गरेपछि बार्षिक रुपमा यसरी नै जम्मा भएको रकम प्रिमियम भुक्तानी गर्न सकिन्छ । 

आज बालबालिको नाममा गरिएको बीमा रकमले भोलि उनीहरूको उच्च शिक्षा अध्ययनको क्रममा प्रयोग गर्न सकिन्छ । त्यस्तै, उनीहरूको विवाहको लागि पनि प्रयोग गर्न सकिन्छ । यसले गर्दा भविष्य छोरछोरीका लागि आवश्यक पर्ने रकम उनीहरूले संकलन गरेको रकमबाट आपूर्ति गर्न सकिन्छ । यसले छोराछोरीमा पनि रकम जम्मा गर्ने बानीको विकास हुन्छ । त्यसैले यदि तपाईंले आफ्ना छोरछोरीको लागि वा भाई बहिनीका लागि कुनै उपहार वा सामाग्री खरिद गरिदिने सोच बनाउनु भएको छ भने  बीमा योजना सबैभन्दा उत्तम उपहार हुनेछ । 

कस्तो छ बालबालिको बीमा योजना
नेपालमा हाल १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा आइसकेका छन् । कम्पनीहरूको योजनाअनुसार कम्तीमा पनि ५० हजारदेखि २५ लाख रुपैयाँसम्मको बीमा गर्न सकिन्छ । कतिपय कम्पनीले भर्खरै जन्मेका बालबालिका पनि बीमा गर्छन् । यस्तो बीमाको अवधि कम्पनीअनुसार फरक–फरक छन् । बालबालिको बीमा गर्दा अभिभावक संरक्षक बस्नुपर्छ । यदि संरक्षकलाई केही भयो भने बीमा योजना निरन्तर चलिरहन्छ । तर, बीमाशुल्क भने भुक्तानी गर्नु पर्दैन । अर्थात् यदि तपाईलाई केही भयो भने पनि तपाईको बालबालिकाको आर्थिक अवस्था भने बलियो रहिरन्छ । 

कम्पनीहरूले सञ्चालन गरेका बालबालिका योजनाहरू
नेपाल लाइफ इन्स्योरेन्स
केटाकेटी सुनौलो भविष्य जीवन बीमा 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिको लागि केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । एक महिनाको देखि ११ वर्षसम्मको बालबालिका लागि यो बीमा गर्न सकिन्छ । संरक्षणको उमेर भने २१ देखि ६५ वर्षको हुनुपर्नेछ । पोलिसीको अवधि ५ देखि २५ वर्षसम्मको हुनेछ । पोलिसीको अधिकतम परिपक्व अधिक २५ वर्षसम्मको हुनेछ । बीमितले बार्षिक, अर्धबार्षिक, त्रैमासिक, मासिक वा एकै पटक पनि प्रिमियम भुक्तानी गर्न सक्नेछन् । बीमा पोलिसी खरिद  गरेको  दुई वर्ष पुरा भएपछि वा बालबालिका ७ वर्ष भएपछि जोखिम कभर हुनेछ । पोलिसी परिपक्क भएपछि बीमांक रकम र त्यसमा आउने वोनस एकमुष्ट रुपमा भुक्तानी हुनेछ । 

एलआइसी नेपाल
बाल उन्नती

एलआइसी नेपालले बालबालिकाका लागि बाल उन्नती बीमा योजना सञ्चालनमा ल्याएको छ । यो पोलिसीले बालबालिका र संरक्षकको जोखिम सुरक्षण गर्नेछ । ८ देखि १४ वर्षे बीमा योजना लागि बीमाशुल्क एक हजारको ५५ रुपैयाँ तोकिएको छ भने १५ देखि २५ वर्षे योजनाको लागि प्रति हजार ६० रुपैयाँ तोकिएको छ । यो पोलिसीमा दुर्घटना र असक्तताको सुरक्षण पनि थप गर्न सकिनेछ । लगातार तीन वर्ष प्रिमियम भुक्तानी गरेपछि पोलिसी सरेण्डर वा कर्जा पनि लिन सकिनेछ । 

एक लाख देखि एक करोड रुपैयाँसम्मको बीमा गर्न सकिनेछ । पोलिसीको अवधिमा ८ देखि २५ वर्षको हुनेछ । तीन महिना देखि १७ वर्षसम्मको बालबालिकाको बीमा गर्न सकिनेछ । संरक्षकको उमेर २० देखि ५० वर्षसम्मको हुनुपर्नेछ । 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बाल भाग्यदय र बाल अमृत जीवन बीमा पोलिसी सञ्चालनमा ल्याएको छ । 
बाल अमृत बीमा पोलिसी एक वर्ष देखि १५ वर्षसम्मको बालबालिको लागि खरिद गर्न सकिनेछ । बीमाको अवधि थोरैमा ११ र धेरैमा २० वर्षको हुनेछ । एक लाख रुपैयाँ देखि आम्दानीको स्रोतको आधार अधिकतम जति पनि रकमको बीमा गर्न सकिनेछ । संरक्षकको उमेर २० देखि ५० वर्षसम्मको हुनुपर्नेछ । 

हिमालयन लाइफ इन्स्योरेन्स
अनमोल रतन बाल जीवन बीमा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको अनमोल रतन बाल जीवन बीमा योजनाको ५० हजार देखि ५० लाख रुपैयाँसम्मको गर्न सकिन्छ । भर्खरै जम्मेको बच्चा देखि १८ वर्षसम्मको बच्चाको लागि यो पोलिसी खरिद गर्न सकिनेछ । संरक्षकको उमेर भने १७ देखि ५५ वर्षसम्मको हुनुपर्नेछ । बीमाको अवधि १० देखि २७ वर्षसम्मको हुनेछ । बीमित बार्षिक, अर्धबार्षिक, त्रैमासिक वा मासिक रुपमा पनि प्रिमियम भुक्तानी गर्न सक्नेछन् । बीमा गरेका बालबालिका ६ वर्ष पुगेपछि वा प्रिमियम भुक्तानी गरेको दुइ वर्ष पुरा भएपछि जोखिम कभर गर्नेछ । 

एसियन लाइफ इन्स्योरेन्स
सुनौलो बाल भविष्य (सावधिक) जीवन बीमा योजना 

भर्खर जन्मेको देखि १७ वर्षसम्मको बच्चाको लागी यो योजना खरिद गर्न सकिन्छ । संरक्षकको उमेर ६५ वर्ष देखि ७० वर्षसम्मको हुनुपर्नेछ । बीमाको अवधिमा ५ देखि २५ वर्षको हुनेछ । यस योजनाको न्यूनतम बीमांक रकम ५० हजारको हुनेछ भने अधिकतम आम्दानीका स्रोतको आधारमा निर्धारण गर्न सकिनेछ । 
बीमा समाप्त भएपछि बीमालेखको शर्तहरूको अधिनमा रही बीमांक रकम र नियमानुसारको बोनश एकमुष्ट भुक्तानी गरिन्छ ।

सूर्या ज्योति लाइफ इन्स्योरेन्स 
सूर्यज्योति नौलो बाल जीवन बीमा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका लागि सूर्या नौलो बाल जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । भर्खर जन्मेको बच्चादेखि १७ वर्षसमम्मको बच्चाको बीमा गर्न सकिन्छ । तर, बीमितको उमेर ६ वर्ष पुगेमा वा बीमा प्रारम्भ मितिबाट २ वर्षको बीमा शुल्क भुक्तानी गरी अवधि पूरा भएको अवस्थामा जुन घटनापछि घट्छ सो अवधिदेखि जोखिम प्रारम्भ हुन्छ । बीमा अवधि न्यूनतम १० देखि २७ वर्षसम्मको हुन्छ । संरक्षकको उमेर १८ देखि ७० वर्षसम्मको हुनुपर्नेछ । कम्तीमा ५० हजार र धेरैमा ५० लाखसम्मको बीमा गर्न सकिन्छ । 

बीमा अवधि समाप्त भएपछि बीमांक रकम र आर्जित बोनस प्राप्त गर्न सकिन्छ । यदि बीमा अवधि भित्रमा बीमितको मृत्यु भएमा बीमांकको २५ प्रतिशत र बोनश वा कुल बीमांकमध्ये जुन धेरै हुन्छ त्यही भुक्तानी गरिनेछ । त्यसपछि पोलिसी समाप्त हुनेछ । यसमा दुर्घटना र १८ देखि ३५ वटा क्रिटिकल रोगको पनि सुरक्षण पनि थप गर्न  सकिनेछ  ।