शीर्षकहरू

बेष्ट फाइनान्सले कात्तिक १४ गते बोलायो साधारण सभा

बेष्ट फाइनान्सले कात्तिक १४ गते बोलायो साधारण सभा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कात्तिक १४ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक निुयुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

सञ्चालक समितिमा रित्त रहेको पदमा बाँकी कार्याकालका लागि गरिएको दुई सञ्चालकहरुको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव गरेको कम्पनीले त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रस्तावलाई समेत कम्पनीले अघि सारको छ ।

यसका लागि आवश्यक सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । २०६७/६८ सालमा २० प्रतिशत बोनस शेयर वितरण गरेको यस कम्पनीले त्यसपछिका वर्ष लगानीकर्तालाई लाभांश वितरण गरेको छैन् । यस वर्ष पनि लगानीकर्ताको हात खाली भएको छ ।