शीर्षकहरू

गोर्खाज फाइनान्सको संस्थापक स्वामित्व घट्यो

गोर्खाज फाइनान्सको संस्थापक स्वामित्व घट्यो

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडलेको संस्थापक तर्फको शेयर स्वामित्व घटेको छ । कम्पनीले हाल कायम शेयरसंरचना संस्थापक तर्फ ५७ दशमलव ५१ प्रतिशतलाई ५१ प्रतिशत कायम गरेको हो । गते चैत २ गते सम्पन्न २८ र २९ औं वार्षिक साधारण सभाबाट कम्पनीले संस्थापक तर्फको शेयर स्वामित्व ५१ दशमलव प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको थियो । 

कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत सोही अनुपात बमोजिम अभिलेख भैसकेकाले कम्पनीले शेयर संरचना परिवर्तनको प्रक्रिया अघि बढाएको हो । शेयर संरचना परिवर्तनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबाट समेत स्वीकृति प्राप्त गरिसकेको छ । 
पूँजी संरचना परिवर्तन गर्ने सम्बन्धमा यस कम्पनीका संस्थापक शेयरधनीहरुको शेयर बैंक तथा वित्तीय संस्थाहरुमा धितो बन्धक रहेकोमा उक्त संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न नमिल्ने भएकाले आफ्नो शेयर धितोबन्धकबाट फुकुवा गरी आगामी १५ दिनभित्र कम्पनीमा जानकारी गराउनुपर्नेछ ।

कम्पनीले यस अघि असार २३ गते सूचना जारी गर्दै आगामी ३५ दिनभित्र शेयर संरचना परिवर्तन गर्न नचाहने सदस्यहरूलाई सम्पर्क गर्न भनेको थियो । शेयर धितो फुकुवा गरी सम्बन्धित शेयरधनीहरुले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौं वा शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिभित्र कुनै पनि जानकारी प्राप्त नभएमा रोक्का भएको शेयर सर्वसाधारण्मा परिवर्तन नहुने जानकारी कम्पनीले दिएको छ ।