शीर्षकहरू

दशैँमा सिनेमा : हेर्नुहोस् फोर्ब्सको सूचीमा परेका 'अलटाइम' सर्वोत्कृष्ट २५ कमेडी फिल्म

दशैँमा सिनेमा : हेर्नुहोस् फोर्ब्सको सूचीमा परेका 'अलटाइम' सर्वोत्कृष्ट २५ कमेडी फिल्म

हास्य विधाका चलचित्रको सूची बनाउनु आफैमा चुनौतीपूर्ण हो । १८०० को अन्त्यदेखि सुरु भएको यस विधाका चलचित्रका विभिन्न प्रकार छन् । जसमा रोमान्टिक कमेडी, स्कूबल्स, स्ल्यापस्टिक आदि रहेका छन् । पछिल्लो समय नेपाल र भारतमा सस्तो र फिक्का जोक्समा पनि यस विधामा फिल्म बन्न थालेका छन् । कसैलाई हँसाउनु आफैँमा चुनौतीपूर्ण भएकाले यस विधामा चलचित्र निर्माण गर्नु त्यति सहज भने छैन । कमेडी फिल्मको सूचीमा संसारभरका हजारौँ फिल्म अटाउँछन् । तर सर्वकालीन सर्वोत्कृष्ट कमेडी फिल्म कुन कुन हुन् त? आउनुहोस् यसपालिको दशैँमा फोर्ब्सले तयार गरेका यी २५ सर्वोत्कृष्ट सिनेमा हेरौँ । यद्यपि यस सूचीमा हालस्म सबैभन्दा बढी कमाउने २०२३ मा बनेको बार्बी फिल्मलाई भने समावेश गरिएको छैन ।

हामीले यो सूची २५ देखि शीर्ष १ सम्म तयार गरेका छौँ  । अन्तिम १० सर्वकालीन सर्वश्रेष्ठ फिल्ममा केवल हास्य रस प्रयोग भएर निर्माण गरिएकालाई मात्रै समावेश गरिएको छैन । ती चलचित्रले विषय उठान पनि उत्तिकै बलियोसाथ गरेका छन् । सर्वोत्कृष्ट यी १० चलचित्र जो हास्य विधामा निर्माण भए पनि बारम्बार हेरिन योग्य छन् ।

माई कौजन बिन्नी (१९९२)

जोनथन लिनको निर्देशनमा बनेको अमेरिकी कमेडी फिल्म माई कौजन बिन्नीको कथा एक पसलेको हत्याको विषयवस्तु वरिपरि घुम्छ । न्युयोर्कस्थित एक कलेजको विद्यार्थी बिल उक्त हत्या आरोपमा पक्राउ पर्छ । वकालतको कुनै अनुभव नभएको अभिवक्ता विन्नीले आफ्नो भाइ बिललाई उक्त आरोपबाट बचाउन गरेको प्रयास फिल्ममा समेटिएको छ । जो जो पेस्सी र मरिसा टोमेइको उत्कृष्ट प्रदर्शनका कारण यादगार बन्यो।

स्टेप ब्रदर्स (२००८)

बिल फेरेल र जोन सी नामक पात्रले दोस्रो बिहे गरेपछि उनीहरूका सन्तान ३९ वर्षीय ब्रेनन र ४० वर्षीय डेल इच्छाविपरीत एकै कोठामा बस्न बाध्य हुन्छन् । कुनै लक्ष्य नभएका ती बेरोजकार दुई युवा एकै कोठामा बस्नपर्दा उनीहरूबीच हुने नोकझोक र तनावको कथा यस फिल्ममा देखाइएको छ । आदम स्मिथकेको निर्देशनमा बनेको यो फिल्म हास्य विधाको क्लासिक फिल्म हो ।

द बिग सिक (२०१७)

द बिग सिक माइकल शोल्टर द्वारा निर्देशित र एमिली वी. गोर्डन र कुमेल नानजियानी द्वारा लिखित अमेरिकी रोमान्टिक कमेडी-ड्रामा फिल्म हो । शिकागोमा संघर्षरत कुमेल नामक उबर चालक स्टान्डअप कमेडी गरिरहेका युवा हुन् । स्टान्डअपकै सिलसिलामा उनको भेट एमिली नामक युवतीसँग भेट हुन्छ ।  सांस्कृतिक हिसाबले फरक संस्कृतिका ती दुई प्रेमीबीच त्यसपछि आउने उतारचढावपूर्ण प्रेम यो फिल्मको कथा हो । यसमा भारतीय अभिनेता अनुपम खैरको पनि अभिनय रहेको छ ।

द आडम्स फेमिली (१९९१)

द आडम्स फेमिली अमेरिकी कार्टुनिस्ट चार्ल्स आडमले बनाएको एक कार्टुन फिल्म हो । अमेरिकी कुलिन परिवारको कथामा बनेको यो फिल्ममा आडम नामका व्यक्तिको कथा छ । जहाँ एक परिवारले ती व्यक्तिलाई लामो समयदेखि हराएका आफ्ना काका भएको दाबी गरिरहेका छन् । यसमा आडम परिवारको अनौठो र अति रोचक चरित्र प्रस्तुत गरिएको छ ।

बेस्ट इन शो (२०००)

क्रिस्टोफर गेस्टद्वारा निर्देशित बेस्ट इन शो फिल्मको कथा  कुकुरहरूको प्रतिस्पर्धाको वरिपरि घुमेको छ जहाँ विभिन्न कुकुरका मालिक र तिनका कुकुरहरूबीचको प्रतिस्पर्धा प्रस्तुत गरिएको छ । फिल्ममा विभिन्न चरित्रहरू छन्, जसमध्ये प्रत्येकको आफ्नै विशेषता र अनौठो व्यक्तित्व छ । मालिकहरूका कुकुरहरूको चयन र तिनका व्यक्तिगत जीवनका झलकहरू हास्य विधामार्फत् प्रस्तुत गरिएको छ ।

 सिङ्गिङ इन द रेन (१९५२)

सिङ्गिङ इन द रेन एक अमेरिकी म्युजिकल रोमान्टिक फिल्म होजीन केली र स्ट्यान्ली डोनेनद्वारा निर्देशन र नृत्य कोरियोग्राफ गरिएको यस फिल्ममा १९२० को दशकको अन्त्यमा हलिउडका तीन गायकको पात्रको कथा कमेडीका माध्यमद्वारा देखाइएको छ ।

द बर्डकेज (१९९६)

द बर्डकेज एक अमेरिकी कमेडी फिल्म हो जसलाई रोबर्ट विल्सनले निर्देशन गरेका हुन्। फिल्ममा रोबिन विलियम्सले आर्माण्ड गोल्डम्यानको भूमिका निभाएका छन्, जो एक ड्र्याग रिभ्युका मालिक हुन् । उनी आफ्नो नाइटक्लबको माथि अल्बर्ट (नाथन लेन) सँग बसोबास गर्छन्आर्माण्डका छोरा भाल (ड्यान फटरम्यान)ले जब आफ्नी प्रेमिकासँग विवाह बन्धनमा बाँधिन चाहन्छन् त्यसपछि कथाले नयाँ मोड लिन्छ । केटीका बुवा परम्परावादी भएकाले आर्थर र आर्माण्डले आफ्नो सम्बन्ध लुकाउन गरेको संघर्षको कथा हास्य विधामार्फत् यसमा प्रस्तुत गरिएको छ ।

फेरिज बुएलर्स डे अफ (१९८६)

फेरिज बुएलर एक कलेज विद्यार्थी हो । उसलाई कलेज जान रुचि छैन । ऊ कलेज नजानका लागि बिरामीको बहाना बनाउँछ । घरमा बस्छ । आफ्ना साथी र प्रेमिकासँग दिन बिताउँछ । यसैबीच उसको डिनले उसमाथि जासुसी सुरु गर्छ र कथाले रमाइलो मोड लिन्छ । जोन ह्युजेसद्वारा निर्देशित यो फिल्म आज पनि उत्तिकै चर्चामा रहने फिल्ममध्ये एक हो ।

पोलिस्टर (१९८१)

जोन वाटर्सद्वारा लेखन, निर्देशन र निर्माण गरिएको यो फिल्मले महिला चित्रहरूको मेलोड्रामाटिक विधालाई व्यङ्ग्य गर्दछ, विशेष गरी डगलस सिर्क्सको कामले यस चलचित्रलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको थियो । यो फिल्म 1980 को प्रारम्भमा उपनगरीय जीवनको व्यंग्य पनि हो, जसमा सम्बन्धविच्छेद, गर्भपतन, व्यभिचार, मदिरापन, जातीय स्टिरियोटाइप, फुट फेटिसिज्म, र धार्मिक अधिकार जस्ता विषयहरू समावेश छन्।

नेपोलियन डाइनामाइट (२००४)

जेरेड हेस निर्देशित नेपोलियन डाइनामाइट एक कमेडी फिल्म हो, जसको कथा फिल्मका मुख्य पात्र नेपोलियनको वरिपरि घुम्छ । एकदमै फरक विशेषताको ऊ समाज र परिवारबाट टाढा बस्न चाहन्छ र आफ्नै तरिकाले जीवन बिताउने प्रयास गरिरहेको छ । यसैबीच उसको भाइ स्कुलको चुनावमा उम्मेदवार बन्छ । अनि भाइलाई जिताउन नेपोलियन मद्दत गर्न चाहन्छ । समाजसँग टाढा रहने प्रकृतिको ऊ अब समाज र साथीभाइसँग खुल्न चाहन्छ र यही संघर्षबीच कथा अघि बढ्छ । फिल्मले किशोरावस्थाको फरकपन, मित्रता र आत्मस्वीकृतिको कथा भनेको छ ।

हाउ टु म्यारी अ मिलिनियर (१९५३)

जेन नेगुलेस्कोद्वारा निर्देशित यो फिल्म मुख्य त तीनवटी युवतीको कथा हो । उनीहरूको मिसन नै कुनै करोडपतिसँग बिहे गर्नु हो । यसका लागि उनीहरू डेनमार्कबाट न्युयोर्कको कुनै एक सहरमा विलासी सटर प्लेस पेन्टहाउस भाडामा लिएर शहरका अभिजात वर्गलाई आकर्षण गर्ने प्रयास गर्छन् । युवतीहरूको धनी केटा बिहे गर्ने कथा फिल्ममा हास्यरसका माध्यमबाट प्रस्तुत गरिएको छ ।

लिटल मिस सनसाइन (२००६)

जोनथन डेटन र भ्यालेरी फारिसको निर्देशनमा बनेको यो एक अमेरिकी ट्र्याजिकोमेडी फिल्म हो । यस फिल्ममा ग्रेग किनियर, स्टीव क्यारेल, टोनी कोलेट, पल डानो, अबिगेल ब्रेस्लिन र एलन अर्किन पात्र छन्, जसमा सबैभन्दा कान्छी हुन् ब्रेस्लिन । उनलाई सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गराउन उक्त परिवारले गरेको संघर्षको कथा यसमा देखाइएको छ ।

क्लुलेस (१९९५)

एमी हेकरलिंगद्वारा लेखन र निर्देशन गरिएको यो एक किशोर कमेडी फिल्म हो । यो फिल्म एक सुन्दर, चर्चित र धनी विद्यार्थी चेरको वरिपरि घुमेको छ । आफूलाई म्याचमेकरको ठान्ने चेरले दुई शिक्षकहरूलाई एकअर्कालाई डेटिङ गर्न लगाउन खेलेको भूमिका फिल्ममा देखाइएको छ ।

इट ह्यापेन्ड वन नाइट (१९३४)

इट ह्यापेन्ड वन नाइट अमेरिकी प्रिकोड रोमान्टिक कमेडी फिल्म हो जसमा स्क्रूबल कमेडीका तत्व रहेका छन् । ह्यारी कोनसँगको सहकार्यमा फ्रान्क क्याप्रा द्वारानिर्देशित फिल्म १३३३ को छोटो फिल्म 'नाइट बस'बाट प्रभावित हो । एली अत्यधिक धनी बुबा एलेक्जेन्डर एन्ड्र्यूजको नियन्त्रणबाट बाहिर निस्किन चाहन्छिन् । किङ वेस्ट्लीसँग भागेर विवाह गरेकी एलीलाई एन्ड्र्यूज टाढै राख्न चाहन्छन्, किभने वेस्टली केवल आफ्नो पैसाका लागि मात्रै छोरीसँग नजिक भएको उनको मान्यता छ । यसै क्रममा एकदिन एली पति वेस्टलीसँग पुनर्मिलन गर्ने चाहनास्वरुप घरबाट भागेर ग्रेहाउन्ड बसमा चढ्छिन् । त्यहाँ उनको भेट हालै जागिर गुमाएको एक रिपोर्टर क्लार्क गेबलसँग हुन्छ । उक्त यात्राको कथा यसमा कमेडीका माध्यमबाट देखाइएको छ ।
दिस इज स्पाइनल ट्याप (१९८४)
फ्रान्क क्याप्राले निर्देशन गरेको स्पाइनल ट्याप एक हास्य चलचित्र हो, जसले एक फिक्सनल अँग्रेजी रक ब्यान्डको विफलता र अजीब अनुभवहरूलाई अन्वेषण गर्दै रेकर्ड उद्योगको व्यंग्यात्मक चित्रण गरेको छ । माक्युमेन्टरी यथार्थता र संगीतको मिश्रणमा तयार गरिएको यो फिल्म हास्य विधामा सदा चर्चामा रहिआएको फिल्म हो ।
ब्राइड्समेड्स (२०११)
पौल फेज निर्देशित फिल्म ब्राइडसमेड्स हास्य विधामा बनेको दुई महिलाको कथा हो । जसमा एन्नी पात्रले आफ्नी साथी लिसाको विवाहको तयारीका क्रममा सामना गर्नुपरेका विभिन्न चुनौतीहरू प्रस्तुत गरिएको छ । विवाहका क्रममा एन्नीले लिसाका अन्य साथीहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ, जसलाई हास्य रसमार्फत् देखाइएको छ । फिल्मले मित्रता, आत्म-सम्मान र प्रेमका बारेमा अनौठो र भावानात्मक क्षणहरू प्रस्तुत गरेकाले दर्शकलाई आकर्षित गर्दछ ।
अफिस स्पेस (१९९९)
माइक जजको लेखन र निर्देशनमा बनेको अफिस स्पेस अमेरिकी व्यङ्ग्य कमेडी चलचित्र हो । १९९० को दशकको एक सामान्य सफ्टवेयर कम्पनीको कार्यलाई यसले व्यङ्ग्य गरेको छ । आफ्नो कामबाट थकित पात्रहरूको रोचक दैनिकी यसमा देखाइएको छ ।
एयरप्लेन (१९८०)
एयरप्लेन अमेरिकी डिजास्टर कमेडी फिल्म हो, जसलाई जिम अब्राहमले लेखन र निर्देशन गरेका हुन् । टेड स्ट्राइकर एक पूर्व फाइटर पाइलट हो, जसले आघातपूर्ण एक युद्धपछि ट्याक्सी चलाउन सुरु गरेको छ । यसै क्रममा उसकी युद्धकालकी प्रेमिका इलेन डिकिन्सनले उसलाई छाडिसकेकी छ । प्रेमिकालाई मनाउनका लागि उसले डिकिन्सन लस एन्जलसबाट शिकागो जाँदै गर्दा उसले पनि त्यही प्लेनको टिकट काट्छ । फुड पोइजनिङका कारण चालक दल बिरामी भएपछि टेडले व्यावसायिक उडानका लागि गरेको संघर्षको कथा यसमा रोचक ढंगले देखाइएको छ ।
सुलिभान्स ट्राभल्स (१९४१)
सुलिवान्स ट्राभल्स प्रेस्टन स्टर्जेसद्वारा लिखित र निर्देशित अमेरिकी कमेडी फिल्म हो । फिल्मका मुख्य पात्र सुलिभान एक लोकप्रिय हलिउड निर्देशक हुन्छन् । कमेडी फिल्म बनाएर असन्तुष्ट उनी ओ ब्रदर वेयर आर्ट टु उपन्यासमा आधारित भएर एक गम्भीर चलचित्र बनाउन चाहन्छन् । तर स्टुडिओ मालिक लेब्रान्ड भने अर्को कमेडी फिल्म बनाउन चाहन्छन् । तर सुलिभान लेब्रान्डको कुरामा असहमत हुन्छ र साँच्चै एक जीवनउपयोगी फिल्म बनाउनका लागि मानिस र समाज बुझ्न यात्रामा निस्किन्छ । यात्राका क्रममा उसले देखे/भोगेका विषय फिल्ममा देखाइएको छ ।
कमिङ टु अमेरिका (१९८८)
कमिङ टु अमेरिका अफ्रिकी देश जेडंडेजाका राजकुमार अकीक जफिकुको कथा हो । जो निकै लाडप्यार पाएर हुर्किएको छ । २१ वर्षको भइसक्दा उसलाई उसका बुवाआमा (त्यहाँका राजारानी)ले विवाहका लागि प्रस्ताव गर्छन् । तर ऊ पारम्परिक विवाह हैन, आफूलाई प्रेम गर्ने स्त्रीको खोजीमा छ । यसैक्रममा ऊ आफ्नो सहयोगी सेमीसँग न्युयोर्क प्रस्थान गर्छ र त्यहाँ एक सामान्य मजदुरको रुपमा विभिन्न चुनौतीहरूको सामाना गर्दै जीवनयापना गर्दछ । फिल्मको निर्देशन जोन ल्यान्डिसले गरेका हुन् ।
द जर्क (१९७९)
द जर्क एक अमेरिकी कमेडी फिल्म हो जसलाई कार्ल राइनरले निर्देशन गरेका हुन् । यसमा नवीन जोन्सन नामक एक बेघर सडक पुरुषको कथा रोचक तरिकाले बुनिएको छ । फिल्मको सुरु जोन्सनले सोझै क्यामेरामा देखिएर आफ्नो जीवनको कथा बताउन थालेबाट हुन्छ । मिसिसिपीका काला समुदायले एडप्ट गरेका गोरा समुदायका ती पुरुषको कथालाई हास्य रसमार्फत् यसमा देखाइएको छ ।
मोन्टी पिथन एण्ड द होली ग्रेल (१९७५)
मोन्टी पिथन एण्ड द होली ग्रेल एक ब्रिटिश कमेडी फिल्म हो, जसले आर्थुरियन किंवदन्तीलाई व्यङ्ग्य गरेको छ । टेरी गिलियन र टेरी जोन्सनद्वारा निर्देशित यो फिल्मले मध्ययुगको समयको कथा भन्छ र ती पात्रहरूलाई व्यङ्ग्य गर्दछ । कथा किंग आर्थरको नेतृत्वमा राउन्ड टेबलका सुरवीरको खोजीको बारेमा छ, जसले पवित्र ग्रैल (होली ग्रेल) खोज्नको लागि यात्रा सुरु गर्छन् । आर्थर र उसका साथीहरू खतरनाक प्राणी र विचित्र प्राणीलगायत विभिन्न अवस्थाको सामना गर्दछन् । यो फिल्मको शैली अनौठो र प्रयोगात्मक छ, जसले दर्शकलाई हाँस्न र सोच्न बाध्य बनाउँछ ।
फ्राइडे (१९९५)
अमेरिकी दुई दोस्तको कथामा बनेको यो कमेडी फिल्मको निर्देशन एफ गेरी ग्रेले गरेका हुन् । यसमा बेरोजगार दुई साथी क्रेग जोन्स र स्मोकीको कथा छ, जो एक ड्रग डिलरबाट ऋणी बनेपछि गर्नुपरेको समस्याहरूको सामना गर्छन् । यसै क्रममा उनीहरूले दक्षिण केन्द्रीय लस एन्जेलसमा आफ्नो छिमेकीको गुण्डाको पनि सामना गर्नुपर्छ । यसमा मित्रता, चुनौती र जीवनका अति सामान्य क्षणका बारेमा मजेदार कथा बुनिएको छ ।
डक्टर स्ट्रेनजेलभ (१९६४) 
डक्टर स्ट्रेनजेलभ अर हाउ आई लर्न्ड टु स्टप वरिइङ एण्ड लभ द बम पूरा नाम रहेको यो एक राजनीतिलाई व्यङ्ग्य गरिएको डार्क कमेडी सिनेमा हो । यसको निर्देशन स्टेनली क्युब्रिकले गरेका हुन् । फिल्मको कथा युद्धका विषयमा छ, जहा गल्तीवश अमेरिकी सेनाले सोभियत संघको विरुद्ध परमाणु हमलाको प्रयास गर्छ । यसमा युद्ध, राजनीति र मानवीय चरित्रका विभिन्न पाटालाई व्यङ्ग्य गरेको छ ।
योङ फ्रैंकन्सटेन (१९७४)

योङ फ्रैंकन्सटेन अमेरिकी हरर कमेडी फिल्म हो, जसको निर्देशन मेल ब्रुक्सले गरेका हुन् । डाक्टर फ्रेडरिक फ्रेंकेनस्टाइन एक अमेरिकी चिकित्सा विद्यालयका प्राध्यापक हुन्, जसको बिहे एलिजाबेथसँग भएको छ । एलिजावेथ एक समाजसेवी हुन् । एक वकीलले उनलाई उनले आफ्नो परिवारको सम्पत्ति ट्रान्सिल्भानियामा विरासतमा पाएको जानकारी दिन्छन्, जो उनका परदादा बारोन ब्युफोर्ट भन फ्रैंकन्सटेनको मृत्युपछि हो । त्यसपछि उनी युरोप यात्रामा आफ्नो सम्पत्ति निरीक्षणका लागि गएपछि कथाले रोचक मोड लिन्छ ।