शीर्षकहरू

दशैँ बिदामा पढ्नुहोस् सर्वकालीन सर्वश्रेष्ठ यी १० उपन्यास

दशैँ बिदामा पढ्नुहोस् सर्वकालीन सर्वश्रेष्ठ यी १० उपन्यास

सुन्दर मनमोहक उपमा दिएर लेखिएको उपन्यास? कठोर यथार्थवादमाथि लेखिएको उपन्यास? इतिहासमाथिको उपन्यास ? वा संसारका सूक्ष्म विषय मन्थन गरिएको उपन्यास ? कुन महान् होसाहित्यमा समालोचक, आलोचक, इतिहासकार, साहित्यप्रेमी र सामान्य पाठकअनुसार पुस्तकको स्वाद पनि फरक हुन्छ । यसैले कुन पुस्तकलाई सर्वकालीन र सर्वश्रेष्ठ मान्ने त्यो जटिल कुरा हो । यद्यपि, संसारमा हालसम्म सबैभन्दा बढी चर्चा भएका र सर्वश्रेष्ठ मानिएका पुस्तकहरूको चर्चा गर्नु भने अन्यथा मान्न सकिन्न । आउनुहोस् चर्चा गरौँ त्यस्ता १० उपन्यास, जसलाई विभिन्न कारणहरूले सर्वकालीन सर्वश्रेष्ठ मानिँदै आएको छ ।

आना कारेनिना

यदि तपाईंलाई प्रेम, जुवा, विवाह र रुसी सामन्ती व्यवस्थाका रसिला विषयहरूमा आधारित कथाहरू मन पर्छ भने, तपाईँका लागि उपयुक्त पुस्तक हुनेछ आना कारेनिना । १८७८ मा यो उपन्यास प्रकाशित भएपछि टाइम जर्नललगायतले यस पुस्तकलाई उच्चतम स्थानमा राखेका थिए । रुसी उपन्यासकार लेओ टोल्स्टोयद्वारा लेखिएको यो आठ भागको विशाल काव्यमा दुई प्रमुख पात्रहरूको कथा छ: एक दुखद र निराश गृहिणी आना, जो आफ्नो युवा प्रेमीसँग भाग्न चाहन्छे । अर्को प्रेममा परेको जमिन्दार कन्स्टेन्टिन लेबिन, जो विश्वास र दर्शनको संघर्षमा छ । यसमा टोल्सटोयले प्रेम, दुःख र परिवारका बारेमा विचारशील छलफलहरूलाई रुसको समाजमा जीवित पात्रहरूको ठूलो टोलीको साथमा र यथार्थवादी मानवताको चित्रण गरेर मिलाएका छन् । प्रचलित पूर्वाग्रह र सामाजिक कठिनाइहरूलाई जीवंत भावनामा चित्रण गर्दै यस उपन्यासले प्रेम र विवाहबीचको विश्वासघात र १९औं शताब्दीको रुसी समाजका मान्यताहरूको अन्वेषण गरेको छ ।

टु किल अ मोकिङ्गबर्ड

हार्पर लि विश्वका सबैभन्दा प्रभावशाली लेखकहरूमा एक मानिन्छन् । उनीद्वारा लिखित यस उपन्यासमा अमेरिकाको दक्षिणमा जातिवाद र नैतिकता जस्ता मुद्दाहरूलाई एक युवती स्काउट फिन्चको दृष्टिबाट प्रस्तुत गरिएको छ । १९६० मा प्रकाशित भएको यो उपन्यासले प्रकाशित भएको केही समयमै विश्वभर विश्वभर चर्चा हुन थाल्यो ।  सहानुभूतिपूर्ण र न्यायपूर्ण वकिल र बुबा एटिकस फिन्चले रोल मोडलको रूपमा काम गर्दै अमेरिकामा जातीय तनावको समयमा दृष्टिकोण परिवर्तन गरेको कथा यसमा छ । यसले १९६१ मा फिक्शनका लागि पुलित्जर पुरस्कार जित्यो । १९६२ मा यसलाई फिल्ममा रुपान्तरण गरियो र यसले त्यस समयमा ओस्कर अवार्ड जित्यो । फिल्मले कथा र पात्रलाई थप जिवन्त बनाउन मद्दत गर्‍यो ।

द ग्रेट ग्याट्सबी

२०औं  शताब्दीका एक महान उपन्यासकार तथा कथाकार एफ. स्कट फिट्जराल्ड (१८९६-१९४०)लाई २० को दशकका लोकप्रिय लेखक मानिन्छ । उनका आख्यानहरूमा विशेष गरी ज्याजकालको उत्कृष्ट चित्रण पाइन्छ । उपन्यास एक युवा निक क्यारावेबाट सुरु हुन्छ, जो हालै न्युयोर्क सिटीमा स्थानान्तरण भएका छन् र आफ्नो नयाँ धनी छिमेकी जय ग्याट्स्बीसँग मित्रता गर्दै छन्। द ग्रेट ग्याट्स्बीले अमेरिकाको इतिहासको १९२० को जाज युगमाथि अन्तरदृष्टि प्रदान गर्दै 'अमेरिकी सपना'को विचारलाई आलोचना गरेको छ ।

वन हन्ड्रेड इयर्स अफ सोलिट्युड

कोलम्बियाका प्रसिद्ध लेखक ग्याब्रियल गार्सिया मार्क्वेजले सन् १९६७ मा एक उपन्यास प्रकाशित गरे– वन हन्ड्रेड इयर्स अफ सोलिट्युड । जो उनको सबैभन्दा प्रसिद्ध कृति मात्रै बनेन विश्व साहित्यमा सदा चर्चा भैरहने उपन्यास पनि बन्यो । उपन्यासमा बुन्डिया परिवारको कथामार्फत् कोलम्बियाको समाजको चित्र प्रस्तुत गर्दछ । जादुयी यथार्थवादमा लेखिएको उपन्यासले बुन्डिया परिवारका सात पुस्ताको कथा भन्छ । ती गाउँ म्याकन्डोबाट स्थापनादेखि विनाससम्मको कथा उपन्यासमा प्रस्तुत गरिएको छ । उपन्यासले मार्क्वेजलाई धेरै पुरस्कार जितायो, सन् १९८२ मा साहित्यतर्फको सर्वोच्च पुरस्कार नोबेल पुरस्कार उक्त पुस्तकले पाएको थियो ।

ए पासेज टु इण्डिया

ईएम फोर्स्टरले धेरैपटक भारत भ्रमण गरेर यो उपन्यास लेखेका थिए । उपन्यासमा एक मुस्लिम भारतीय डाक्टर अजिज, अँग्रेजी प्राध्यापक सिरिल फिल्डिङ र एक अँग्रेजी प्रोफेसर एडेला क्वेस्टेडको कथा प्रस्तुत गरिएको छ । जब एडेलाले थाहा पाउँछिन् कि अजिजले उनलाई मराबार गुफाहरूको भ्रमणको क्रममा आक्रमण प्रयास गरेको थियो, जसको कथा चन्द्रपुर नामक काल्पनिक शहरमा सेट गरिएको छ । तब भारतीय समुदाय र उपनिवेशी ब्रिटिश समुदायबीच तनाव बढ्छ । साम्राज्यवादी तनावका बाबजुद अँग्रेज र भारतीय मानिसहरूबीचको मित्रता र सम्बन्ध, उनीहरूको सांस्कृतिक भिन्नता र साम्राज्यवादी तनाव उपन्यासमा प्रस्तुत गरिएको छ ।

इन्भिजिबल म्यान

ब्रिटिस लेखक हर्बर्ट जर्जको उपन्याससँग मिल्दोजुल्दो नामको राल्फ एलिसन लिखित इन्भिजिबल म्यान एक विज्ञान फिक्सन कथा हो । यो उपन्यास अफ्रिकी अमेरिकी पुरुषको पहिचानका विषयमा छ । उपन्यासको कथाकार, जसको कहिल्यै नामकरण गरिँदैन, ऊ आफूलाई सामाजिक रुपमा अदृष्य ठान्दछ । दक्षिण अफ्रिकाबाट न्युयोर्क प्रस्थान गर्दैगर्दा उसले प्रत्येक स्थानमा अत्यधिक भेदभावको सामना गर्नुपर्छ । काम, सम्बन्ध, र शंकास्पद सामाजिक आन्दोलनमा चक्खल गर्दै जान्छ । उपन्यासको लेखन शैली अद्भुत र प्रयोगात्मक पद्धति भएका कारण पनि यो आकर्षक रहेको छ  । यसले अफ्रिकी अमेरिकी पहिचान र संस्कृतिको प्रतीकात्मकता अन्वेषण गरेको छ ।

डन क्विजोटे

द इन्जिनियस जेन्टलम्यान डन क्विजोटे पूरा नाम रहेको यो एक स्पेनिस उपन्यास हो, जसका लेखक हुन् मिगेल डे सर्वान्तेस । सम्भवत: स्पेनिस साहित्यको सबैभन्दा प्रभावशाली र प्रसिद्ध यो उपन्यास दुई भागमा सन् १६०५ र १६१५ मा प्रकाशित भएको थियो । यसलाई विश्व साहित्यको पहिलो आधुनिक उपन्यास पनि मानिन्छ र विश्वमा सबैभन्दा बढी अनुवाद भएको साहित्यमध्ये एक हो ।

बेलोभद

टोनी मोरिसनको आध्यात्मिक र भुतिया उपन्यास बेलोभद सिन्सिनाटी ओहायोमा भागेर आइपुगेका दास व्यक्ति सेथेको कथा बताउँछ । यो उपन्यासले दासत्वको त्रासदि बखान गर्छ । सेथेको एक बच्चा छ, जसको नाम उनले बेलोभद राखेकी छन् । दासप्रथा उन्मूलनपछि पनि उनले भोग्नुपरेको कथा उपन्यासमा चित्रण गरिएको छ । स्वतन्त्रता प्राप्तिपछि पनि उनको बच्चा बेलोभदले पनि दासकै जीवन बाँच्नुपर्ने भएपछि उनले आफ्नै बच्चाको हत्या गरिन्, ताकि उसले दास जीवन बाँच्नुनपरोस् ।

 

 

मिसेज ड्यालेवे

बिसौँ शताब्दीको अङ्ग्रेजी साहित्यको आधुनिक लेखिका भर्जिनिया वुल्फद्वारा लिखित मिसेज ड्यालोवे एक ब्रिटिस महिला क्लारिसा ड्यालेवोको एक दिनको घटना हो । तेस्रो व्यक्तिको वर्णन र विभिन्न पात्रहरूको विचारको संयोजन प्रयोग गरेर चेतनशील विचारधारा शैलीमा उपन्यास लेखिएको छ । जहा कथा भन्नका लागि कथानकभन्दा बढी पात्रमा निर्भर भइन्छ । यस शैलीको परिणामस्वरूप पात्रहरूले मनमा गहिरो व्यक्तिगत प्रभाव छाड्दछन् । कथामा विगतको पछुतो र मानसिक रोग तथा प्रथम विश्वयुद्धपश्चात उत्पन्न तनावसँगको संघर्ष र सामाजिक दबाब उतारिएको छ ।

थिङ्ग्स फल अपार्ट

नाइजेरियन उपन्यासकार, कवि, प्रध्यापक र समालोचक चिनुवा अचेबेले लेखेको थिङ्ग्स फल अपार्ट पश्चिमा साहित्यको महान् कृतिमा आउँछ । यस उपन्यासअघि नाइजेरियन लेखनलाई विश्व साहित्यले अपनाइसकेको थिएन । तर १९५८ मा थिङ्ग्स फल अपार्ट प्रकाशित भएपछि यसले पश्चिमा साहित्यिक पूर्वाग्रहले तोड्यो र नाइजेरियन साहित्यले विश्वव्यापि मान्यता प्राप्त गर्न सफल भयो । यस उपन्यासमा इग्बो नामक पात्रले ओकोन्क्वोको कथा बताउँछ, जसको नाइजेरियाको कुनै गाउँ र त्यहाँ रहेको आफ्नो परिवारले ब्रिटिश उपनिवेशवादको प्रभावका कारण भोगेको अवस्था चित्रण गरिएको छ । यो उपन्यास अफ्रिकी उपनिवेशपछि लेखिएको साहित्यको एक उदाहरण हो, जुन १९०० को दशकको मध्यतिरदेखि आकार र मान्यता बढ्दै गयो । यो उपन्यास विश्व साहित्य र अफ्रिकी अध्ययनका पाठ्यक्रमहरूमा प्रायः पढ्नका लागि सिफारिस हुने गरेको छ ।