शीर्षकहरू

दशैंमा कसरी सुरक्षित राख्ने मासु ?

दशैंमा कसरी सुरक्षित राख्ने मासु ?

दशैंमा प्रायः सबै नेपालीको घरमा मासु प्रसस्त हुन्छ । परापूर्वकालदेखि सिंगै खसी, राँगा, बोका, भेडा, च्याङ्ग्रा काट्ने र मासु सँगालेर खाने हाम्रो चलन छ । दशैंमा काटेको खसी–बोकालाई धेरै दिनसम्म विना फ्रिजमा राख्दा बिग्रने डर हुन्छ ।

फ्रिजको चिस्यानमा राखेमा मात्र मासु सुरक्षित रहन्छ । कुनै पनि जन्तुको बधपछि राम्ररी सफागर्नु जरुरी हुन्छ । शरीरमा भएका रौँहरू राम्ररी सफा गरेर मात्र भित्री भाग खोल्न सुरु गर्नुपर्छ । आन्द्रा भुँडी नफुट्ने गरी सर्लक्क निकालेर छुट्टै भाडामा सुरक्षित राखेर राम्ररी सफा गर्नुपर्छ । 

मासुलाई सर्लक्क साँप्रा र अन्यभाग छुट्याएपछि राम्ररी सफा गरेर सुक्खा बनाएर फ्रिजमा राख्नुपर्छ । फ्रिजको तापक्रम घटीमा ३ डिग्री सेल्सियस र बढीमा ५ डिग्री सेल्सियस हुनु जरुरी छ । सकेसम्म धेरै मासु बनाएर नराख्ने । 

फ्रिज नहुनेको हकमा मासुलाई सुक्खा बनाएर काट्ने र मज्जाले तेलमा भुटेर नुनहालेर पानी सुकाएर हावा आउने ठाउँमा जाली या पातलो कपडाले छोपेर राख्न सकिन्छ । आवश्यकताअनुसार अलिअलि पुनः पकाएर खान सकिन्छ । सकेसम्म माछा, कुखुरा खसी–बोका एउटै अचानोमा नकाट्नु राम्रो मानिन्छ । माछा–मासु मिसाएर एउटै अचानोमा काट्दा एक–अर्कामा संक्रमण भई ब्याक्टेरिया फैलिने डर हुन्छ । पाकेको मासु र काँचो मासु पनि एउटै अचानोमा काट्नुहुँदैन । काठको अचानोमा काटिएको मासु अन्तर्राष्ट्रिय नियमअनुसार सुरक्षितमानिँदैन र सफागर्न पनि सहज हुन्न । 

खुकुरी पनि साबुनपानीले धोएर सुक्खापारेर सुरक्षित ठाउँमा राख्नुपर्छ । मासु भण्डारण गर्दा काँचो मासु र पाकेको मासु सँगै राख्नुहुँदैन । यदि राख्नैपर्ने भएमा राम्ररी छोपेर काँचो मासु तल्लो तह र पाकेको मासु माथिल्लो तहमा राख्नुपर्छ । काँचो मासुलाई लामो समयसम्म राख्नु छ भने १८ डिग्रीदेखि २२ डिग्रीसम्मको चिसो भएको डिप फ्रिजमा छोपेर या पोको पारेर मात्र राख्नुपर्छ । 

मासु खाँदा यी कुराहरुमा ध्यान दिनुपर्छ   
नेपालीहरूको ठूलो चाड दशैं सुरु भइसकेको छ । दशैंका समयमा हरेक मानिसको घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछ र हामी पनि मासु खाँदा दशैंमा त खाने हो नी भनी आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने गर्दछौ । तर यही हाम्रो बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौँ ।        

दशैंमा हामीले खानपिनमा सामान्य ध्यान नदिँदा दशैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ । 

एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केहि पौष्टिक पोषण नपाइने चिकित्सकहरू बताउँछन् । रातो मासु पोलेर, धेरै भुटेर वातारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ । दशैंैंमा मासु खाँदै नखाने भनेर रोक्न सकिँदैन ।  

तर, खाँदा सावधानी अपनाएर खानुपर्छ । बासी नखाने, मासु मात्र नखाने, त्यसमा सागसब्जी र गेडागुडी पनि समावेश गर्ने । माछाको मासुले बरु त्यति असर गर्दैन । दशैंमा मासु खाँदा के–के कुरामा ध्यान दिनुपर्ने हुन्छ तल बताईएको छ ।  

दशैंमा माछा मासुको प्रयोग अत्याधिक हुन्छ । धेरैका घरमा खसीबोका र च्याङ्ग्रा काटिन्छन् । माछा मासुमा पनि दशैंमा रातो मासुको प्रयोग ज्यादा हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यस्तो मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई भन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । सेतो मासु भन्नाले कुखुरा, माछा, अष्ट्रिज, इमुलगायतको मासुलाई जनाउँछ । 

छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमाचिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ। यसले पनिविभिन्न रोगहरुलाई निम्तो दिन्छ । 

दशैंको परिकारहरुमामसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित हुँदैन ।