शीर्षकहरू

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ सुन्ताखान भण्डारी चोक नजिकै सडकमा प्र३-०२-०१४ प ५९३८ नम्बरको स्कुटर गए राति दुर्घटना हुँदा स्कुटरमा सवार सिन्धुपाल्चोक सुकुटे घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय हरि कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ ।

यसैगरी काठमाडौं, शंखरापुर नगरपालिका-१ नाङलेभारे पाङग्रेबासस्थित सडकमा नाङलेभारेबाट मेलम्चीतर्फ जाँदै गरेको ना१ ज ६७७३ नम्बरको सुमोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया सुन्तली बिकको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शुस्मा कोईराला मेमोरियल अस्पताल शलम्बुटारमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकमा ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा चालक दोलखा बैतेश्वर गाउँपालिका-४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३५ वर्षीय कृष्ण दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

कैलाली, लम्कीचुहा नगरपालिका-७ खरौलास्थित सडकमा सु।प।प्र।०१००२ त ६८३५ नम्बरको ट्याक्टरमा सु प प्र ०१००९ प १९८१ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-७ बस्ने २३ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बारा, परवानीपुर गाउँपालिका-३ अमृत चोकस्थित सडकमा ना १ ज ७७९१ नम्बरको म्याजिकको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय बृज लाल अहिर राउतको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार म्याजिक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा काठमाडौंबाट सिराहातर्फ जाँदै गरेको म प्र ०१-००४ प ६८०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सिराहा धनगढीमाई नगरपालिका-११ बस्ने २२ वर्षीय सुमन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि बयोधा अस्पताल पर्सा पठाइएको छ ।