शीर्षकहरू

रतन  टाटाको ८६ वर्षको उमेरमा निधन

रतन  टाटाको ८६ वर्षको उमेरमा निधन

एजेन्सी । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनले बुधबार राति करिब ११ बजे निधन भएको हो   उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन कक्षकोमा भर्ना गरिएको थियो  । 

टाटाको पार्थिव शरीर नरिमन पोइन्टस्थित नेशनल सेन्टर फर परफॉर्मिङ आर्ट्समा राखिएको छ। यहाँ मानिसहरूले साँझ ४ बजेसम्म अन्तिम दर्शन गर्न पाउनेछन्। बेलुकी राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ ।

पद्मविभूषण र पद्मभूषण सम्मानित रतन टाटालाई पनि अक्टोबर ७ मा आईसीयूमा भर्ना गरिएको बताइएको छ । तर, उनले आफैं यो कुरालाई अस्वीकार गर्दै आफू ठिक रहेको र नियमित चेकअपका लागि अस्पताल पुगेको बताएका थिए ।