शीर्षकहरू

प्राधिकरणले ४९ वटा उद्योगका नाममा सार्वजनिक सूचना जारी गर्यो

प्राधिकरणले ४९ वटा उद्योगका नाममा सार्वजनिक सूचना जारी गर्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशीभरीका ४९ वटा उद्योगका नाममा सार्वजनिक गर्दै अर्बौ बक्यौता तिर्न सूचना जारी गरेको छ । प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको हो ।

ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेलगत्तै प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो । यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को बिल नदिएको भन्दै महसुल तिर्न मानेका थिएनन् ।

प्राधिकरणले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी बक्यौता महसुल नबुझाएका उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको छ ।

 प्राधिकरणले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी बक्यौता महसुल नबुझाएका उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको छ । आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने प्राधिकरणले जनाएको छ ।