शीर्षकहरू

होटल बाराहीमा दसैं भोज  सुरु, कति लाग्छ शुल्क ?

होटल बाराहीमा दसैं भोज  सुरु, कति लाग्छ शुल्क ?

काठमाडौँ । नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौँमा दसैं भोज  सुरु भएको छ । दसैंका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए ।  भोजमा भुटुवा, सेकुवा लगायतका मासुका परिकार, सेल रोटी, अचार, बाराका साथै दशैँका विशेष परिकार रहनेछन् ।

होटल बाराही काठमाडौँमा साँझ साढेँ ५ बाट सुरु हुने डिनर सेट मेनुको रूपमा उपलब्ध हुनेछ । होटेल बाराही पोखरामा दिउँसो साढेँ १२ देखि तीन बजेसम्म बफे लन्च चल्नेछ ।पोखरामा लागि प्रति सेटको शुल्क २ हजार रुपैयाँ निर्धारण गरिएको छ भने काठमाडौँमा भेज सेटको लागि १ हजार ८ सय रुपैयाँ र ननभेज सेटको लागि २ हजार रुपैयाँ तोकिएको छ।

दशैंमा बाहिर गएर रमाइलो गरौँ भन्नेहरूका साथै पर्यटकहरूलाई लक्षित गर्दै होटल वाराहीले यस वर्ष दशैं भोज आयोजना गरिएको  थापाले जानकारी दिए । बाराही ग्रुप अन्तर्गत चितवनको मेघौलीमा वातावरण मैत्री लक्जरी रिजोर्ट, चार तारे स्तरको होटल वाराही काठमाडौँ र चार तारे होटल बाराही पोखरा सञ्चालनमा छन् । 

त्यसै गरी पोखरामा सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच एन्ड बार र व्यञ्जन रेस्टुरेन्ट पनि वाराही ग्रुप अन्तर्गत नै सञ्चालनमा छन् । पोखराकै सेदीमा बाराहीको पाँच तारे होटल निर्माणाधीन छ ।