शीर्षकहरू

सिप्रदी ग्रुपले बाढीपीडितलाई सहयोग गर्यो

सिप्रदी ग्रुपले बाढीपीडितलाई सहयोग गर्यो

काठमाडौं । सिप्रदी ग्रुप कम्पनीजले सामाजिक उत्तरअदायित्व अन्तरगत बाढी पहिरो पीडितलाई सहयोग गरेको छ । यस सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर १२ का बढी पीडित २०० घरपरिवारलाई राहत उपलब्ध गराएको छ । 

कम्पन्ीले प्रती घर परिवार सिरक १ थान डसना १ थान सिरानी २ थान तन्ना १ थान झूल १ थान मेट्रेक्स १ थान खाना पकाउने कूकर १ थान थाल ४ थान लगायत कराइ जग बाल्टिन पन्यौयो १-१ थान  बाढी पहिरो पीडितलाई हस्तान्तरण गरेका थिए । 

उक्त सामाग्री बनेपा नगरपालिका मेयर शन्ती रत्न शाक्य यसै वडाका वडा अध्यक्ष जयराम केसी र संस्थाको तर्फबाट सह अध्यक्ष श्रीमती निलिमा राणा , वरिस्ठ उपाध्यक्ष शम्भु दाहाल , महासचिव राजेश प्रसाद गिरी, सह सचिब शारदा राना, सिप्रदी अटो पार्ट्सका सिनियर जनरल मेनेजर युवराज बुढाथोकी लगायतको उपस्थितिमा राहात सामाग्री बितरण गरिएको थियो ।