शीर्षकहरू

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो एम कार्ड सेवा

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो एम कार्ड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले एम कार्डको सुविधा संचालनमा ल्याएको छ । यस एम कार्ड सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो छनौटमा आफ्ना अनुभूतिहरुलाई भिसा कार्डमार्फत पर्सनलाइज्ड गर्न सक्नेछन् । साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन् । 

बैंकले हाल यो एम कार्डलाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविष्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैंकको योजना रहेको बैंकले जनाएको छ । बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यो एम कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

“हाम्रा ग्राहकहरुलाई नविन तथा व्यक्ति अनुकुलित बैकिङ्ग समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौं”,  माछापुच्छ्रे  बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने “ एम कार्ड  सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरुलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरु पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ” । माछापुच्छ्रे बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ र ग्राहकहरुको बैकिङ्ग अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले एम कार्ड  सेवामार्फत अर्को एक कदम अघि सारेको छ ।