शीर्षकहरू

दसैंको बिदामा नेपाल आयल निगमका यी डिपोहरू सञ्चान हुने

दसैंको बिदामा नेपाल आयल निगमका यी डिपोहरू सञ्चान हुने

काठमाडौं । दसैंको बिदामा नेपाल आयल निगमका विभिन्न डिपोहरू आलोपालो सञ्चान हुने भएका छन् । पेट्रोलियम पदार्थको मागलाई सुचारु गर्न प्रादेशिक र शाखा कार्यालयहरु आलोपालो सञ्चालन हुने आयल निगमले जनाएको  छ । 

निगमका अनुसार थानकोट र धनगढी डिपो तीन दिन,विराटनगर, अमलेखगञ्ज, पोखरा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो २ दिन खुला हुनेछ । दाङको इन्धन डिपो एक दिन र नेपालञ्ज र धनगढीको डिपो आवश्यकता अनुसार खुल्ने निगमले जनाएको छ ।