काठमाडौं । दसैंअघिको अन्तिम कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले सुधार आएको छ । आज नेप्से ४.८५ अंकले बढेर दुई हजार ६६८.१७ विन्दुमा बन्द भएको हो । आज कारोबार रकम रकम पनि घटेको छ ।
आज तीन अर्ब ७६ करोड ५१ लाख बराबरको कारोबार भएको छ । यसभन्दा पहिला सोमबार ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँको कारोबार भएको थियो ।
बुधबार १३० कम्पनीको शेयर बढेको छ भने १०२ कम्पनीको शेयर घटेको छ भने ११ कम्पनीको शेयर अघिल्लो दिनको तुलनामा यथावत रहेको छ । बुधबार चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ । भने दुई कम्पनीकोे शेयरमा नेकेटिभ सर्किट लागेरको छ ।