शीर्षकहरू

ताप्लेजुङको सिम्बुवा जलविद्युत क्षेत्रका ३१६ जनालाई मुआब्जा लिन आउने सूचना

ताप्लेजुङको सिम्बुवा जलविद्युत क्षेत्रका ३१६ जनालाई मुआब्जा लिन आउने सूचना

काठमाडौं । ताप्लेजुङको सिम्बुवामा बन्ने ७०.३ मेगावाट निर्माणधिन जलविद्युत आयोजना क्षेत्रमा पर्ने जग्गा वालाहरुलाई जग्गाको मुआब्जा लिन सूचना जारी गरेको छ ।

आज जारी गरेको सूचनाका अनुसार ताप्लेजुङको साविक तापेथोक गाविस ७,८ र ९ वडा हाल फक्ताङलुङ गाउँपालिका वडा नं ५ मा पर्ने स्थानीयहरुले आफ्नो प्रमाण पुग्ने कागजात लिएर मुआब्जा लिन आउन हुने सूचना जारी गरेको छ । 

 आयोजनाको कूल लागत १६ अर्ब ५२ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । फक्ताङलुङ गाउँपालिका वडा नम्बर ५ बाट कम्पनीले ७०.३ मेगावाट विजुली उत्पादन गर्ने छ । उक्त आयोजनाबाट सुख्खा मौसममा वार्षिक औसत १२५.४१ गिगावाट र वर्षात मौसममा वार्षिक औसत २७६.२७ गिगावाट उर्जा उत्पादन गर्नेछ । जसमा आयोजनाले वार्षिक औसत ४०१.६८ गिगावाट विजुली उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसअघिको अध्ययन प्रतिवेदनअनुसार आयोजनाबाट वार्षिक ३७८.९६ गिगावाट विजुली उत्पादन गर्ने जनाएको थियो । जसमा सुख्खा मौसममा वार्षिक औसत १२०.७४२ गिगावाट र वर्षात मौसममा वार्षिक २६८.२१ गिगावाट उत्पादन गर्ने गरी प्रतिवेदन तयार गरेको थियो ।