शीर्षकहरू

हवाई सेवा कम्पनीहरूले नयाँ गन्तव्यसहित उडान पनि थपे

हवाई सेवा कम्पनीहरूले नयाँ गन्तव्यसहित उडान पनि थपे

काठमाडौं ।  यात्रुको चाप बढेपछि विभिन्न हवाई सेवा कम्पनीहरूले नयाँ गन्तव्यसहित उडान पनि थप गरेका छन् । बाढीपहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका कारण हवाई यात्रुले टिकट पाउन धौ धौ परेपछि हवाई कम्पनीहरूले केही गन्तव्यमा उडान थप गरेका छन् भने केही गन्तव्यमै उडान थालेका हुन् ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सले एक गन्तव्यमा नयाँ उडान थालेको छ भने चार वटा गन्तव्यमा आठ वटा उडान थपेको छ । उनले भने, “हवाई यात्रुको चाप बढेपछि भरतपुरमा आज (बुधबार) देखि दैनिक एक नियमित उडान सञ्चालन गर्दै छौँ भने नेपालगन्जमा एक, विराटनगरमा दुई, पोखरामा दुई र भैरहवामा तीन उडान थप गरेका छौँ ।” 

यसअघि श्री एयरलाइन्सले काठमाडौँबाट नेपालगन्जमा दैनिक चार वटा, विराटनगरमा तीन, पोखरामा दुई र भैरहवामा दुई उडान गर्दै आएको थियो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले तीन वटा गन्तव्यमा
सात वटा उडान थपेको छ ।

उनले भने, “हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी १५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि दैनिक सात वटा उडान थप गरेको छ । बुद्ध एयरले भरतपुरमा दुई, भद्रपुरमा तीन र जनकपुरमा दैनिक दुई उडान थप
गरेको छ ।” यसअघि बुद्ध एयरले भरतपुरमा दैनिक पाँच, भद्रपुरमा दुई, जनकपुरमा पाँच, पोखरामा १७, धनगढीमा तीन, सुर्खेतमा तीन र नेपालगन्जमा छ वटा उडान गर्दै आएको उनले बताए