काठमाडौं । ब्रिटिश काउन्सिलले नेपालको रचनात्मक क्षेत्रहरूमा जलवायु कार्यलाई बढावा दिने उद्देश्यले नयाँ पहलका लागि आवेदनहरू खुला गरेको छ । द क्लाइमेट फ्युचर्सः साउथ एसिया कार्यक्रमले कलाकार र सांस्कृतिक संस्थाहरूलाई नवीन परियोजना र अभ्यासहरू मार्फत जलवायु आपतकाललाई सम्बोधन गर्न यो कार्यक्रम शुरु गरेको बताएको छ ।
द क्लाइमेट फ्युचर्सः साउथ एसिया कार्यक्रमलाई कला क्षेत्रमा सहयोग प्रदान गर्न डिजाइन गरिएको हो । जस अनुसार कलाकार र सांस्कृतिक संस्थाहरूलाई २६,२५,००० रुपैयाँको अनुदान उपलब्ध गराउने काउन्सिलले बताएको छ ।
सांस्कृतिक क्षेत्रमा ज्ञान अभिवृद्धि र दिगोपनमा योगदान गर्ने कलाकारहरूद्वारा नेतृत्व गरिएका पहलहरूलाई बढावा दिने उदेश्य रहेको छ । त्यस्तै, क्षमता निर्माण अभिवृद्धि गर्ने उद्देश्यका पहलहरू समावेश गर्दै संगठनको लागि दिगोपन योजना वा कार्यविधि बनाउने र कार्यान्वयन गर्ने र कला क्षेत्र भित्र जलवायु परिवर्तन जागरूकता र दिगो दृष्टिकोण अभिवृद्धि गर्न पूर्वाधार अनुकूलन गर्ने योजना रहेको काउन्सिलले जनाएको छ ।
सबै आवेदनहरूको लागि अन्तिम २५ नोभेम्बर २०२४ रहेको छ । सफल आवेदकहरूले आफ्ना परियोजनाहरू मार्फत विश्वव्यापी जलवायु संवादमा महत्त्वपूर्ण प्रभाव पार्ने अवसर पाउनेछन् साथै युकेका प्रमुख विशेषज्ञहरूद्वारा परियोजनाभरि प्राप्त मार्गदर्शनबाट लाभान्वित हुने काउन्सिलले जनाएको छ ।