शीर्षकहरू

बाढीपहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग

बाढीपहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग

काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पच्चीस लाख रुपैयाँ सहयोग गरेको छ । 

मंगलबार बैंकले उक्त रकम हस्तान्तरण गरेको हो ।

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।