शीर्षकहरू

युनिलिभर नेपालले प्रस्तावित आकर्षक लाभांश कात्तिक १२ गते पारित गर्ने

युनिलिभर नेपालले प्रस्तावित आकर्षक लाभांश कात्तिक १२ गते पारित गर्ने

काठमाडौं ।  युनिलिभर नेपाल लिमिटेडले लाभांश पारित गर्न कात्तिक १२ गते ३१ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा काठमाडौंको नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजे सुरु हुनेछ । कम्पनीले गतवर्षको नाफाबाट शेयरधनीलाई कर सहित प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश घोषणा गरिसकेको छ । 

कम्पनीले वितरण गर्न लागेको लाभांश हालसम्मकै हालसम्मकै सर्वाधिक हो । सभाले वार्षिक र लेखा परीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ । चालु आवका लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जसअनुसार असोज २३ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भागलिन र लाभांश पाउन सक्नेछन् ।