काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधरामा ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्तापूँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय बैंकले गरेको हो ।
गत वर्ष १ प्रतिशत बोनस शेयर र कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।