शीर्षकहरू

मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, कात्तिक १९ गते साधारण सभा

मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, कात्तिक १९ गते साधारण सभा

काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ ।

असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित कात्तिक १९ गते २७औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्दै प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत पारित गर्नेछ । अंकित मूल्य १०० रुपैयाँ को शेयरपूँजीलाई ५० रुपैयाँ अंकित मूल्यमा विभाजन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको हो । आईपीओ जारी पश्चात प्राप्त पूँजीको उपयोग गर्ने र आईपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै ६ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु स्वीकृत गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पुनि सभाले टुंगो लगाउनेछ ।