शीर्षकहरू

आशा लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

आशा लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । असोज २१ गते राष्ट्र बैंकले आगामी वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित गर्न स्वीकृति प्रदान गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको छ ।

गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश वितरण गर्न लागेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट पनि कम्पनीले १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।