शीर्षकहरू

हिमालयन ८०–२० को प्रतिफल घोषणा

हिमालयन ८०–२० को प्रतिफल घोषणा

काठमाडौं । हिमालयन ८०–२० ले गत आर्थिक वर्ष २०८०/८१ को प्रतिफल प्रस्ताव गरेको छ ।

असोज २१ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कर समेत ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित प्रतिफल प्रयोजनका लागि योजना व्यवस्थापकले बुक क्लोजको मिति तय गर्न बाँकी छ । बुक क्लोजको मिति तय भएपछि योजनाको प्रतिफल वितरण हुनेछ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०९० साल भदौ २५ गते परिपक्व हुनेछ ।

२०८० साल भदौ २६ गतेदेखि योजना सञ्चालनमा रहेको छ । योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरिएको थियो । भदौ मसान्तसम्म यस योजनाको प्रतिइकाई खुद मूल्य १२ रुपैयाँ १६ पैसा छ ।