शीर्षकहरू

भारतीय नागरिकको अफिसका गर्ने दुई नेपाली पक्राउ

भारतीय नागरिकको अफिसका गर्ने दुई नेपाली पक्राउ

काठमाडौं । काठमाडौंको न्यूरोड स्थिति भारतीय नागरिकको अफिसमा काम गर्ने दुई नेपाली पक्राउ परेका छनठ । स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले न्यूरोडबाट सोमबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा दोलखाको बिगु गाउँपालिका–४ स्थायी घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र सोही ठाउँ घर भई न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली छन् । साबित्रीबाट १५ लाख र सुरेशबाट ४ लाख गरी १९  लाख रुपैयाँ स्रोत नखुलेको रकम प्रहरीले बरामद गरेको छ । उनीहरु न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्दै आएका प्रहरीले जनाएको छ ।