शीर्षकहरू

लुम्बिनी विकास बैंकलाई पाँच विधामा अवार्ड

लुम्बिनी विकास बैंकलाई पाँच विधामा अवार्ड

काठमाडौं । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्ड २०२४ मा लुम्बिनी विकास बैंकले पाँच विधामा अवार्ड जितेको छ । आठ वटा विधामध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाएकोमा पाँचैवटा विधामा अवार्ड जित्न सफल भएको हो ।

भारतको नयाँ दिल्लीमा आयोजित बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवंम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको छ । 

अवार्डमा बिमस्टेक अन्तर्गतका राष्ट्रहरू​​​ भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले सहभागी थिए । इण्डियन चेम्बर अफ कर्मसले गत वर्षदेखि नै यो अवार्ड वितरण गर्न शुरु गरेको हो । अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो ।